“नायः खिं बाजा बोल” पुस्तक सार्वजनिक, सांसद श्रेष्ठद्वारा संरक्षणमा जोड

“नायः खिं बाजा बोल” पुस्तक सार्वजनिक, सांसद श्रेष्ठद्वारा संरक्षणमा जोड
+
-

काठमाडौँ– नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा आयोजित एक कार्यक्रममा “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक गरिएको छ। क्षेत्रपाटीस्थित पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद विराजभक्त श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन्।

प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको यो पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिले काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशन गरेको हो। पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सांसद विराजभक्त श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजाको रूपमा वर्णन गर्दै यसको संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। “यो बाजा अनुशासनमा बजाइने, नियममा आधारित, इतिहास बोकेको बाजा हो,” उनले भने, “म यसको संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध छु।”

अन्य वक्ताहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिका अध्यक्ष सुभाष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए।

कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरुवर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?