
काठमाडौं-सर्वोच्च अदालतको निर्णयविरुद्ध लडाई सुरु भएको घोषणा गरेका डा. गोविन्द केसीले आमरण अनसन बस्ने/नबस्नेबारे २ बजे पत्रकार सम्मेलनद्वारा जानकारी गराउने भएका छन्।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासे आइतबार डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने निर्णयपछि आक्रोसित डा. केसीले अनसनको तयारी गरेका हुन्।
चिकित्साशास्त्र अध्ययन संस्थानको डीनबाट चार वर्षअघि बर्खास्तीमा परेका डा. शशी शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको निर्णयविरुद्ध डा. केसी पुनः अनसनमा होमिने तयारीमा छन्।
डा. केसीले भने, ‘दुई बजे पत्रकार सम्मेलन गर्दै छु। अनशन कति बजे बस्ने भन्नेबारे त्यस पछि निधो गर्ने छु।’
यो पनि पढ्नुस्: