‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न

‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न
+
-

काठमाडौं – रोल्पाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको ‘रोल्पास् टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न भएको छ।

पर्यटन प्रवर्द्धन मञ्च नेपालको आयोजनामा नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा तीन दिनसम्म चलेको प्रदर्शनी बुधबार प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यतामा आयोजित समारोहबीच समापन गरिएको हो।

रोल्पाको सुनछहरी गाउँपालिका–७, डम्फु गाउँका फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका ३५ वटा फोटो प्रदर्शनीमा राखिएको थियो।

प्रदर्शनीको समापन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि घर्तीमगरले फोटोहरु हेर्दा ‘रोल्पामै पुगेको भान’ भएको बताइन्। उनले भनिन्, ‘रोल्पाको सामाजिक, संस्कृति र प्राकृतिक कुरालाई एकीकृत गरिएका फोटोहरु काठमाडौंमा तीन दिनसम्म फोटो प्रदर्शनी हुनु ऐतिहासिक कुरा हो। फोटो हेर्दाखेरि रोल्पामै पुगेको भान भयो।’

 

फोटोग्राफर पुनले आयोजक पर्यटन प्रवर्द्धन मञ्च नेपालसहित प्रदर्शनी अवधिभर अवलोकनमा सहभागीहरु र प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै प्रदर्शनी समापन भएको घोषणा गरे। प्रदर्शनी गत सोमबार पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरेका थिए।

प्रदर्शनी अवलोकनका लागि सयौंको सहभागिता भएको पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ। आगामी दिनमा पनि पर्यटन प्रवर्द्धनका लागि यस्तै खालका कार्यक्रम गर्ने मञ्चका अध्यक्ष लीलाराम खड्काले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?