चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङमा

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङमा
+
-

काठमाडौँ– शुक्रबार रिलिज भएको चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनमा ५ नम्बरमा आइपुगेको छ।

चलचित्र रिलिज भएसँगै ट्रेलर ट्रेन्डिङमा आएको हो। सिनेमाले सकारात्मक ‘वर्ड अफ माउथ’ पाएसँगै प्रदर्शनमा राम्रो दर्शकको साथ पाइरहेको छ। वितरक करण श्रेष्ठले भने, “दिन प्रतिदिन दर्शकको अकुपेन्सी बढ्दै गएको छ। हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ।”

निर्माण पक्षले सिनेमाको कथासँगै कलाकारहरूको अभिनयको दर्शकले तारिफ गरिरहेको दाबी गरेको छ। चलचित्रको कथा साहित्यकार बुद्धि सागरले लेखेका हुन्।

दीपेन्द्र के खनालको निर्देशन रहेको यस चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको यस चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?