पुष्प खड्का ‘महाराजधिराज’मा अनुबन्धित

पुष्प खड्का ‘महाराजधिराज’मा अनुबन्धित
+
-

काठमाडौँ- नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन् ।

स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले पुष्पलाई आइतबार अनुबन्ध गरेको हो । अहिलेसम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा ‘महाराजधिराज’ फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देख्न सकिनेछ ।

अभिनेता पुष्प ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्त्वपूर्ण रहेको बताउँदै निकै उत्साहित देखिएका छन् । उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।

‘महाराजधिराज’मा आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका छन् । नायिकामा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन् ।

‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो ।

चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?