यार्सा संकलन गर्न गएका युवक कर्णाली नदीमा खसेर बेपत्ता

यार्सा संकलन गर्न गएका युवक कर्णाली नदीमा खसेर बेपत्ता
+
-

मुगु – यार्सा संकलन गर्न गएका एक युवक कर्णाली नदीमा खसेर बेपत्ता भएका छन्। मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बिहीबार बिहान यार्सा संकलनका लागि घरबाट निस्किएका थिए।

बेपता भएका लामा र उनका साथीहरू सोही गाउँपालिकाको वडा नम्बर २ स्थित सिरानी चौर पुगेर पाटन क्षेत्रमा यार्सा संकलनका लागि जाँदै गर्दा बुधबार राति करिब ८ः३० बजे कर्णाली नदीमाथि राखिएको काठको लाप्को (साँघुरो पुल) तर्दै गर्दा लामा चिप्लिएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ। खसेपछि उनी बेपत्ता भएका हुन्।

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा संकलनका लागि वन क्षेत्र जेठ १३ गतेबाट मात्रै खुला गर्ने सूचना जारी गरेको भए पनि स्थानीयले पालिकाको निर्देशनको उल्लङ्घन गर्दै यसअघि नै सर्वसाधारणलाई पाटन क्षेत्रमा प्रवेश गराउन थालेका थिए। सोही क्रममा केही युवक बुधबारै यार्सा संकलनका लागि पाटन क्षेत्रतर्फ हिँडेका थिए।

गाउँपालिकाका उपाध्यक्ष छिरिङ पुटिक तामाङले पनि सेराप लामा कर्णाली नदी पार गर्ने क्रममा चिप्लिएर खसेको बताइन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै खोजी कार्य ब्यापक पारिए पनि हालसम्म उनी कतै फेला नपरेको प्रहरीले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?