काठमाडौँ नजिकैको ऐतिहासिक ‘कुञ्छाल’ गाउँ, ३०० वर्ष पुरानो बस्तीमा होमस्टे

काठमाडौँ नजिकैको ऐतिहासिक ‘कुञ्छाल’ गाउँ, ३०० वर्ष पुरानो बस्तीमा होमस्टे
+
-

हेटौँडा– सङ्घीय राजधानी काठमाडौँबाट करिब एक घण्टाको दूरीमा रहेको मकवानपुरको थाहा नगरपालिकाभित्रको रमणीय ‘कुञ्छाल’ गाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ।

हरियालीबीच युरोपेली शैलीका झैँ देखिने बुट्टेदार झ्याल र रातो टायलका छाना भएका तीन सय वर्ष पुराना घरहरू यहाँको मुख्य आकर्षण हो।

यो बस्ती नेपालकै एक ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको मानिन्छ, जसलाई भिटोफ नेपालले पर्यटकीय गाउँ घोषणा गरिसकेको छ। यहाँका शिलालेख र ताम्रपत्रले ३०० वर्ष पुरानो इतिहासको प्रमाण दिन्छन् भने स्थानीयहरू यसलाई हजारौँ वर्ष पुरानो मान्छन्।

कुञ्छाल गोपाली समुदायको मात्र बसोबास रहेको गाउँ हो, जहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध जस्ता अनौठा प्रचलनहरू छन्। ७३ वर्षीय अगुवा विष्णु गोपालीका अनुसार, गाउँमा पुर्खाले बनाएका संरचनाहरू यथावत छन्। महिला र पुरुषबीच काममा भेदभाव नहुनु यहाँको अर्को विशेषता हो।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टले कुञ्छाललाई जीवित सङ्ग्रहालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। २०७२ को भूकम्पले वरपर क्षति पुर्‍याए पनि यो बस्तीमा भने कुनै असर परेन। यहाँका बासिन्दाहरूले सामुदायिक होमस्टे सञ्चालन गरी पर्यटकहरूको पर्खाइमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?