ब्राउन सुगरसहित झापाबाट दुई जना पक्राउ

ब्राउन सुगरसहित झापाबाट दुई जना पक्राउ
+
-

झापा– झापा गाउँपालिका–४ सुकुम्बासीस्थित सीमा क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्।

प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले राति करिब ९:१५ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरिया रहेका छन्।

उनीहरू भारतबाट साइकलमा नेपालतर्फ आउँदै गर्दा शंका लागेर चेकजाँच गर्दा अनुरोध ताजपुरियाले लगाएको ट्र्याक सुटको दाहिने साइडको फेरमा लुकाई छिपाई ल्याएको लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद भएको लागुऔषध प्लास्टिकसहित १ ग्राम १७० मिलिग्राम र प्लास्टिकबाहेक ८०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?