
काठमाडौँ – नेपालको धान र मकैपछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ। भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउँदै छन्।
उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन हराए पनि केही स्थानमा लगाएका गहुँ बाली यतिबेला भित्राउँदै छन् किसानहरु। कार्तिक मंसिरमा धान भित्रिएपछि लगाएको गहुँ जेठ महिनातिर भित्र्याउने गरिन्छ।
गहुँ क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो। यसको खेती नेपालको तराईदेखि पहाडसम्म खेती गरिँदै आएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।