लेखक गुरुङ सुशान्तको ‘इतर समीक्षा’ लोकार्पण

लेखक गुरुङ सुशान्तको ‘इतर समीक्षा’ लोकार्पण
+
-

काठमाडाैँ – लेखक र समीक्षक गुरुङ सुशान्तको गैरआख्यान किताब ‘इतर समीक्षा’ को बिहीबार लोकार्पण गरिएकोे छ । १८ औं गणतन्त्र दिवस पारेर राजधानीको प्रज्ञा प्रतिष्ठानमा किताब लोकार्पण गरिएको हो । कार्यक्रममा वक्ताहरू खगेन्द्र संग्रौला, कुमार नगरकोटी, नवीन सुब्बा, उज्ज्वल प्रसाई र डा। दोभान राईले किताबमाथि टिप्पणी र समीक्षा गरेका थिए ।

कवि शकुन्तला जोशीले सञ्चालन गरेको कार्यक्रममा आख्यानकार कुमार नगरकोटीले जीवन–जगत्का दुःख, खुसी, सपना दर्शाउने दुईवटा कविता वाचन गरेका थिए । कविता वाचनपछि नगरकोटीले गैरआख्यान, आख्यान, नाटक र काव्यमाथि लेखिएको समीक्षा–किताब ‘इतर समीक्षा’ लाई सदीक्षा र शुभकामना दिए ।

लेखक खगेन्द्र संग्रौलाले ‘इतर समीक्षा’ समीक्षाको नयाँ आविष्कार भएको बताए । ‘केही समीक्षकले समीक्षा÷समालोचनाको बीउ जोगाए पनि त्यो अत्यन्तै कमजोर छ,’ संग्रौलाले भने, ‘लेख्ने कोही नभएका बेला प्रभावकारी र गुणस्तरिय समीक्षा लेख्ने दस्साहस गर्नु नै यो किताबको महत्वपूर्ण सुन्दर पक्ष हो ।’

‘दलन’, ‘नुमाफुङ’, ‘गाउँ आएको बाटो’ लगायत टेलिफिल्म÷फिल्मका निर्देशक नवीन सुब्बाले ‘इतर समीक्षा’ ले नेपाली ज्ञान निर्माणको क्षेत्रमा विगत एक दशकको नेपाली चित्र र चरित्र देखाएको बताए । ‘पुस्तकमै फिल्म समीक्षा पनि सुरु गरेकोमा लेखक गुरुङ सुशान्त धन्यवादका पात्र भएका छन्,’ उनले भने, ‘सिनेमालाई बौद्धिक वृत्तले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन, तर कोसिस यो किताबले गरेको छ ।’ सुब्बाले नेपाली समीक्षा लेखनमा अभिव्यक्तिको भाषा निर्माण गर्न नसकेको बताए ।

समाजशास्त्री एवम् कम्प्युटर वैज्ञानिक दोभान राईले ‘इतर समीक्षा’ मा अधिकांश समीक्षा पहिचानको दृष्टिकोणबाट लेखिएको बताइन् । ‘यो किताबले नेपाली समाजको समीक्षा–लेखनको सग्लो तस्वीर देखाएको छ’, उनले भनिन् ।

लेखकरविश्लेषक उज्जवल प्रसाईंले ‘इतर समीक्षा’ नेपाली समीक्षा विधाको दस्तावेज भएर रहने बताए । ‘यो किताबले गुणस्तरीय समीक्षाको अभाव पूर्ति गरेको छ’, उनले भने, ‘किताब नेपाली साहित्यको अध्ययन–अनुसन्धानका लागि अनिवार्य पढ्नुपने, सानो सर्भेका रुपमा प्रकाशित भएको छ ।’

लेखक गुरुङ सुशान्तले पुस्तक पढ्ने लोभले आफू समीक्षक बनेको सुनाए । इन्डिगो इन्कले प्रकाशन गरेको किताब ‘इतर समीक्षा’ को मूल्य ६४९ रुपैयाँ रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?