रारा महोत्सव जेठ १८ देखि

रारा महोत्सव जेठ १८ देखि
+
-

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पहिलो पटक निजी क्षेत्रको आयोजनामा ‘प्रथम रारा महोत्सव’ हुने भएको छ।

एचआर मिडिया प्रा.लि.को आयोजनामा जेठ १८ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने महोत्सवले रारातालको पर्यटन प्रवर्द्धन, मुगुको कला, संस्कृति, भेषभूषा र स्थानीय उत्पादनको संरक्षण तथा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष नरेश भामले भने, ‘यो महोत्सवले मुगु जिल्लाको आर्थिक, साँस्कृतिक र पर्यटकीय उन्नयनमा टेवा पुर्‍याउनेछ।’

महोत्सवमा ४० वटा स्टलहरू राखिनेछ, जसमा मुगुमा उत्पादन हुने विविध वाणिज्य तथा औद्योगिक सामग्री प्रदर्शन तथा बिक्री गरिनेछ। बाह्य जिल्लाका व्यापारीको तुलनामा स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिइने बताइएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, साँस्कृतिक कार्यक्रम, परम्परागत भेषभूषा प्रदर्शनी तथा स्थानीय उत्पादनको बजारीकरणमा केन्द्रित कार्यक्रमहरू समावेश गरिनेछ।

एचआर मिडियाका सदस्य सान्ताराम सेन्चुरीका अनुसार महोत्सवले राराको पर्यटकीय सम्भावनालाई उजागर गर्दै मुगुको संस्कृति तथा व्यापार प्रवर्द्धनमा नयाँ उर्जा दिनेछ।

यो महोत्सव निजी क्षेत्रको पूर्ण लगानीमा आयोजना गर्न लागिएको हो। यसअघि २०५८ र २०६२ सालमा रारा महोत्सव तत्कालीन जिल्ला विकास समितिको पहलमा आयोजना गरिएको थियो।

यसपटकको ‘प्रथम रारा महोत्सव’ छायाँनाथ रारा नगरपालिकाको वडा नं. ८, बाम्नीचौरमा आयोजना हुनेछ। कार्यक्रमका सल्लाहकार दिपेन्द्र भामका अनुसार महोत्सवका लागि कुनै सरकारी निकाय वा दाताबाट आर्थिक सहयोग नलिइकन स्थानीय युवाहरूले आफ्नै लगानीमा आयोजना गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?