श्रीमतीलाई विष खुवाउन खोज्ने एक व्यक्ति झापाको दमकबाट पक्राउ

श्रीमतीलाई विष खुवाउन खोज्ने एक व्यक्ति झापाको दमकबाट पक्राउ
+
-

झापा– झापाको दमकमा श्रीमतीलाई विष खुवाएर ज्यान मार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नं. २ घर भई हाल दमक वडा नं. १ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलिपकुमार मरिक डोम रहेका छन्।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएअनुसार, गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई खोकी लागेका बेला कफ सिरप भनेर विष सेवन गराई ज्यान मार्न खोजेका थिए।

रेनुले यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको बयान दिएकी छिन्। उनीहरूका एक छोरा र एक छोरी रहेका छन्।

घटनापछि फरार रहेका डोमलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार कल्याणपुरबाट पक्राउ गरेको हो। उनलाई हिजो इलाका प्रहरी कार्यालय दमकमा ल्याई बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा डोममाथि थप अनुसन्धान भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?