
काठमाडौँ- विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले जितका लागि २ सय २६ रनको लक्ष्य प्राप्त गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको डच टोली ४९.१ ओभरमा अलआउट हुँदै २ सय २५ रनमा समेटियो।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४६ रन बनाउँदा नोच क्रोएसले ४८ रन बनाएका थिए। त्यस्तै विक्रमजित सिंहले ३८ रन बनाउँदा जाच लियोन क्याचेटले २७ रन बनाए।
त्यस्तै तेजा निदामनुरुले १३ रन बनाउनु बाहेक रोलअफ भान डेर म्यार्युले २१ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए।