युगकवि श्रेष्ठका जेल जीवनका संस्मरणहरूको सङ्ग्रह ‘सिद्धिचरणका जेल संस्मरण’ सार्वजनिक

युगकवि श्रेष्ठका जेल जीवनका संस्मरणहरूको सङ्ग्रह ‘सिद्धिचरणका जेल संस्मरण’ सार्वजनिक
+
-

युगकवि सिद्धिचरण श्रेष्ठका जेल जीवनका संस्मरणहरूको सङ्ग्रह ‘सिद्धिचरणका जेल संस्मरण’ सार्वजनिक भएको छ ।

वि.सं. १९९७ साल कार्तिक २ गते बिहानै काठमाडौँ ‘झोछे’, पुरानो दफ्तरस्थित घरबाट पक्राउ परेका सिद्धिचरण श्रेष्ठले जेलमा बिताएका ३६ वटा संस्मरणहरूको पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।

राणाविरोधी आन्दोलनमा साहित्य सृजना र युवा चेतना फैलाउने क्रममा पक्राउ परेका उनले जेलमा बिताएका पाँच वर्षको अवधिका भोगाइहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् ।

वि.सं. १९९७ सालको काण्ड, चार शहीदको बहादुरी, शहादत र व्यक्तित्वको चर्चा गर्दै जेलमा रहँदा आफ्ना बुबाको देहवसानमा काजकिरिया गर्न पनि नदिइएको मार्मिक ऐतिहासिक प्रसंगले पुस्तकलाई अझै पठनीय बनाएको छ ।

साथै, पुस्तकमा गणेशमान सिंह, खड्गमान सिंह बस्नेत, चित्तधर ‘हृदय’, कप्तान बालकृष्ण शमशेर जबरा, चिनियालाल सिंह, गोपी च्यामे, धर्मरत्न यमीदेखि जेलमा सरसफाइ गर्ने राममाया च्यामिनीसम्मका संस्मरणहरू समावेश गरिएका छन् । साथै, शुक्रराज शास्त्री र पं. मुरलीधरले गरेका उपद्रवका बारेमा श्री ३ महाराजबाट बक्सेको स्पीचसमेत पुस्तकमा समावेश भएको छ ।

तत्कालीन समाजको अशिक्षा, शासकहरूको क्रूरता र समाज परिवर्तनका लागि भइरहेका क्रान्तिका बाछिटाहरूलाई प्रस्तुत गर्ने युगकवि सिद्धिचरणको यस संस्मरणको सम्पादन साहित्यकार सरुभक्तले गरेका हुन् । सम्पादक सरुभक्त भन्छन्, ‘ऐतिहासिक विशिष्टता बोकेका व्यक्तिको जीवनको फरक पाटोको संस्मरणात्मक पुस्तक तथ्यात्मक हिसाबले पाठकसामु प्रस्तुत गर्न पाउँदा मलाई आत्मसन्तोष भएको छ । पाठकलाई सर्वथा नौलो र रुचिकर लाग्नेछ ।’

वि.सं. २०५२ सालमा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएको र ३ दशकपछि पुनःप्रकाशन भएको यस पुस्तकमा सरुभक्त र सिद्धिचरण पुत्र रविचरण श्रेष्ठको भूमिका रहेको छ ।

बुकहिल पब्लिकेशनले प्रकाशन गरेको यस पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?