संगठनहरूले टेरेनन् ओलीको निर्देशन

एमालेमा तल्लो तहसम्म फैलिँदै विद्या ‘गुट’को तरंग

एमालेमा तल्लो तहसम्म फैलिँदै विद्या ‘गुट’को तरंग
+
-

‘पार्टीमा यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन। यस्ता कुरालाई तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस्’, एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २५ गते विद्यार्थी नेताहरूलाई दिएको निर्देशन थियो यो।

पार्टीसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले जसलाई निर्देशन दिए उनीहरू नै सायद ओलीको कुरा पत्याइरहेका थिएनन्। त्यसैले त अनेरास्ववियुमा गुट बनाएर निर्वाचन गरियो।

संस्थापनपक्षबाट सुजन कडरिया होमिए भने इतरपक्षबाट प्रकाश पौडेल अध्यक्षमा होमिए। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कडरियालाई अध्यक्ष बनाउन चाहन्थे। सोहीअनुसार कडरियाको नाम सिफारिस भए पनि महाधिवेशन हलमा नाराबाजी भएपछि अन्तत: दुई गुटबीच निर्वाचन भइछाड्यो।

ओली आफ्नो निर्देशन लाद्न र पार्टीमा गुट नभएको सन्देश दिन पनि निर्वाचन गराउन चाहिरहेका हुँदैनन्। तर पछिल्लो पटक अनेरास्ववियुमा ओलीको बोलीलाई विद्यार्थी नेताहरूले काउन्टर दिँदै निर्वाचन गराएका छन्।

एमालेबाट माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुषाल र तिनको समूह बाहिरिएपछि ओली प्रतिष्पर्धीविहीन जस्तै भएका थिए। तर पूर्वराजष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा होमिन थालेपछि ओली संशकित बन्न थालेको उनका अभिव्यक्तिहरूले स्पष्ट पारिरहेका छन्।

पार्टीमा अझै २० वर्ष अर्को अध्यक्षको विकल्प नसोच्न केही महिनाअघि सन्देश दिएका ओलीले अनेस्ववियुको महाधिवेशन उद्घाटनमै भण्डारी लक्षित टिप्पणी गर्दै भनेका थिए, ‘अब फलाना आउने अरे, पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा भएको छैन। अनि यो बाहिर बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरुलाई सोझै इन्कार गर्नुस्।’

ओलीको यस प्रकारको टिप्पणीले पनि भण्डारीको राजनीतिक सक्रियताबाट संशकित भएको बुझ्न कठिन छैन। ओलीले कहिले कपाल पलाउन थालेको, २० वर्ष आफ्नो विकल्प नसोच्न आग्रह गरेको, गुट नै छैन भनेर बाहिर प्रचार गर्न खोजेको भए पनि एकपछि अर्को गर्दै एमालेले गुटको तरंग तल्लो तहसम्म पुगेको छ।

यसअघि एमाले सम्बद्ध राष्ट्रिय युवा संघमा पनि ओली निर्वाचन गराउन चाहिरहेका थिएनन्। जेठ ९, १०, ११ गते पोखरामा भएको १०औँ महाधिवेशनमा अध्यक्षमा क्षितिज थेवेलाई सर्वसम्मत ओलीले अध्यक्ष दोहोर्‍याउन चाहेका थिए। तर सुमन पुरी (पराजित भएका)ले काउन्टर दिए र निर्वाचन भयो।

यसरी एकपछि अर्को गर्दै ओलीको एकलौटी दबाब कमजोर बन्दै गएको छ। एमाले सम्बद्ध प्रेस चौतारीमा निर्वाचन गर्न नदिएको भन्दै संस्थापनइतर समूह रुँदै बाहिरिएको दृष्य महिना दिनअघि देखिएको थियो।

पार्टीको जिल्ला कमिटी पनि ओलीले सर्वसम्मत गर्न दबाब दिँदै आइरहेका छन्। तर पछिल्लो समय मोरङ जिल्लाको १०औँ महाधिवेशन भने सर्वसम्मत भएन। यहाँ ओली पक्षका उम्मेदवारलाई हराउँदै संस्थापनइतर समूहले विजय प्राप्त गरेको थियो।

फेरि फैलिँदै मत्थर भएको गुट 

नेकपा एमालेमा चलेको सधैंको दुई धारको राजनीति २०७८ यता मत्थर भएको थियो। नेकपा एमालेबाट छुट्टिएर माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी बनाएपछि दुई धारको राजनीति मत्थर भएको हो।

दुई तिहाइको कम्युनिस्ट सरकारको पतन, एमाले-माओवादी मिली बनेको नेकपा विघटनको चोटमा एमालेमा गुटको राजनीति पनि मत्थर भएको थियो। तर १०औँ महाधिवेशनपछि फेरि सतहमा नै देखिएको गुटको राजनीति अहिले नेतृत्व तहदेखि जिल्ला तहसम्मै पुगेको छ।

१०औँ महाधिवेशनमा माधव नेपाल समूहका भीम रावलले ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए। उनले हारेपछि पार्टीमा सम्मानका साथ बस्न नपाएको रावलले गुनासो गर्दै आइरहेका थिए। व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिने विषयको विरोध गरेपछि उनी सधैंका लागि पार्टीबाट निस्कासन भए। उनी छुट्टै राजनीतिक गतिविधि गर्दै आइरहेका छन्।

देखिने गरी छुट्टै गुटको राजनीति गर्दै आएका नेताहरू पार्टीबाट निस्किएपछि एमालेमा मत्थर भएको गुट भण्डारीको राजनीतिक सक्रियतासँगै फेरि बढ्न थालेको छ। एमाले नेताहरू नै स्वीकार्छन् कि ओलीको विकल्पमा अब भण्डारीलाई अध्यक्षमा अगाडि सार्ने गरी तयारी भइरहेको छ।

भण्डारीले पनि भावी नेतृत्व लिन सक्ने संकेत गरिसकेकी छन्। भण्डारी लक्षित ओलीले टिप्पणी गरेपछि भण्डारीले पनि ओलीलाई काउन्टर जवाफ दिएकी छन्। जेठ २७ गते विराटनगर विमानस्थलमा २५ गते ओलीले गरेको टिप्पणी लक्षित भण्डारीले कार्यकर्ता भेट्न कसैसँग अनुमति लिनुनपर्ने जवाफ फर्काएकी थिइन्।

यसले एमालेमा फेरि गुट मौलाउँदै गएको देखिन्छ।

यो पनि: 

विद्या भण्डारीले त्यस्तो के गरिन् जसले एमालेमा ओलीको विकल्प देखाइदियो?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?