माओवादी केन्द्र पुनः जातीय राजनीतिमा, जातीय मोर्चाका सम्मेलन धमाधम आयोजना गरिँदै

माओवादी केन्द्र पुनः जातीय राजनीतिमा, जातीय मोर्चाका सम्मेलन धमाधम आयोजना गरिँदै
+
-

झापा- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले द्वन्द्व कालमा सक्रिय रहेका र पछि निष्क्रिय जस्तै बनेका आफ्नो दलका जातीय तथा क्षेत्रीय मोर्चाहरूलाई पुनः सक्रिय बनाउन थालेको छ।

पछिल्लो समय शनिवार झापाको दमकमा कोचिला राष्ट्रिय मुक्ती मोर्चा नेपाल, धिमाल राष्ट्रिय मुक्ती मोर्चा नेपाल, सन्थाल राष्ट्रिय मुक्ती मोर्चा नेपाल, झागड राष्ट्रिय मुक्ती मोर्चा नेपाल, मेचे राष्ट्रिय मुक्ती मोर्चा नेपालको संयुक्त सम्मेलन माओवादी केन्द्रले आयोजना गरेको हो।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। उनले माओवादी केन्द्रलाई पहिलाकै अवस्थामा पुर्याउन जातीय तथा क्षेत्रीय मोर्चाहरूलाई सक्रिय बनाउन थालिएको बताए।

सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘हामी सरकारमा पुगेपछि हाम्रा जातीय तथा क्षेत्रीय मोर्चाका बैठकहरू राख्न नसक्नु हाम्रो कमजोरी रह्यो। हामी अल्मलियौं। त्यसैले हामीलाई कमजोर बनायो।’

केही समय अघि काठमाडौँमा नेवार समुदायको कार्यक्रम गर्दा निकै उत्साह आफू पाएको उनले बताए। केही समय अघि सुनसरीको इटहरीमा पनि केही जातीय मोर्चाका संयुक्त कार्यक्रमको आयोजना माओवादी केन्द्रले गरेको थियो।

शनिवार झापामा गरिएको कार्यक्रममा जातीय मोर्चाका अगुवाहरूले कोशी प्रदेशको नाम फेर्नुपर्ने कुरा जोडतोडले उठाए। प्रचण्डले समेत सम्बोधनका क्रममा कोशी प्रदेशको नाम उच्चारण गर्नुको सट्टा पटक-पटक ‘१ नम्बर प्रदेश’ उच्चारण गरेका थिए।

समाजवादी क्रान्तिलाई निष्कर्षमा पुर्याउन जातीय तथा क्षेत्रीय मोर्चाहरूलाई सक्रिय बनाउन जरुरी रहेको प्रचण्डले सम्बोधनका क्रममा बताउने गरेका छन्। शनिवार पनि त्यही कुरा उनले दोहोर्याए।

२०८१ साल पुस तेस्रो साता बसेको पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार माओवादीले निष्क्रिय रहेका जातीय र क्षेत्रीय मोर्चाहरूलाई सक्रिय बनाएको हो। सोही अनुरुप पार्टीले विभिन्न मोर्चाका इञ्चार्ज तोकिसकेको छ।

माओवादी केन्द्रले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इञ्चार्जमा उपमहासचिव मातृकाप्रसाद यादव, जनजाति महासंघ इञ्चार्जमा ओनसरी घर्ती, कर्णाली राष्ट्रिय मुक्ति मोर्चा इञ्चार्जमा नरेश भण्डारी, सेती महाकाली मुक्ति मोर्चा इञ्चार्जमा त्रिलोचन भट्ट, मुस्लिम मुक्ति मोर्चा नेपाल इञ्चार्जमा हकिकुल्लाहा खाँ मुसलमान, नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा नेपाल इञ्चार्जमा परशुराम रम्तेल तोकेको छ।

पार्टी अध्यक्ष प्रचण्डले नै केन्द्रीय कमिटी बैठकमा जातीय क्षेत्रीय मोर्चा सक्रिय बनाउने प्रस्ताव गरेका थिए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?