साँढेको जुधाई बाछाको मिचाई

पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालका कर्मचारी आन्दोलित, उपचार सेवा प्रभावित

पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालका कर्मचारी आन्दोलित, उपचार सेवा प्रभावित
+
-

पोखरा-गएको बिहीबारदेखि सेवासुविधा लगायतका माग राखेर हड्तालमा उत्रिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबिचको वार्तामा सहमति जुट्न नसक्दा बिरामीले उपचारबाट बञ्चित हुनुपरेको छ।

कर्मचारीको आन्दोलनका कारण इमर्जेन्सी र आइसियु बाहेकका सबै सेवा ठप्प हुँदा बिरामीले उपचार नपाएका हुन्। उपचारका लागि ग्रामीण क्षेत्रबाट अस्पतालमा आइपुगेका बिमारीहरु बढी समस्यामा परेका छन्।

प्रशासनले आफ्नो मागप्रति बेवास्ता गरेको आन्दोलनरत कर्मचारीको आरोप छ। चलानी नम्बर नै नभएको चिठी पठाउने तथा मागलाई बेवास्ता गरेको उनीहरुको भनाई छ।

आफ्नो माग यथाशीघ्र सम्बोधन नगरे अझै कडा रुपमा प्रस्तुत हुने आन्दोलन समितिका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले बताएका छन्। ‘अझै पनि उही अवस्थामा छौं, यथाशीघ्र माग सम्बोधन नगरे अझै कडा रुपमा प्रस्तुत हुन्छौं’, उनले भने।

यसअघि वार्तामा बस्ने भनिएपनि वार्ता हुन सकेको थिएन। समाधान खोज्नका लागि बिहीबार वार्ता बस्ने सहमति भएको छ।

यसैबीच, प्रशासनले आफूहरुको कार्यक्षेत्रभन्दा बाहिरको माग भएकाले सम्बोधन गर्न गाह्रो परेको बताउँदै आएको छ। उनीहरुले अस्थायी कर्मचारी स्थायी गर्नुपर्ने र स्थायी कर्मचारीको स्तर बृद्धि गर्नुपर्ने माग राख्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?