मैले देखेको चलचित्र ‘महाभोज’को कथा

मैले देखेको चलचित्र ‘महाभोज’को कथा
+
-

वास्तवमा म स्वयं भने सहकारी पीडित होइन, तर मुलुकमा पीडितको संख्या धेरै नै छ, सहकारी पीडितका देशव्यापी आन्दोलन र हडताल पनि धेरै नै भए। तर पीडितले न्याय भने अझै पाउन सकेका छैनन्। विभिन्न राजनीतिक दलका नेता पनि यो चंगुलमा मुछिएका छन्। देशभर सहकारी पीडितहरूको सङ्ख्या बढ्दै जाँदा र उनीहरूले न्याय पाउन नसकेको अवस्थामा, यसै विषयवस्तुमा आधारित चलचित्र ‘महाभोज’ जेठ ३० गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। यो चलचित्रले सहकारी ठगीबाट उत्पन्न समस्या, पीडितहरूको मर्म र यसले समाजमा पारेको गहिरो प्रभावलाई यथार्थपरक ढङ्गले पर्दामा उतारेको छ।

सहकारी सङ्कटको पृष्ठभूमि:

सहकारी संस्थाहरूको सुरुवात दैनिक सानो-सानो रकम जम्मा गर्ने र मजदुर, ज्यालादारी श्रमिक तथा साना व्यवसायीहरूलाई आकस्मिक घर व्यवहार वा व्यवसाय सञ्चालनका लागि सहज र तत्कालको समस्या समाधान गर्न उपयुक्त माध्यमका रूपमा भएको थियो। बैंकमा लामो प्रक्रिया र आयस्रोत देखाउनुपर्ने झन्झटबाट बच्न धेरै मानिसहरू सहकारीतर्फ आकर्षित हुँदै गए। सुरुवाती दिनमा सहज र राम्रो ब्याजदरका कारण बचतकर्ताको आकर्षण बढ्यो।

तर, पछि सहकारीको दायरा फराकिलो हुँदै जाँदा यसमा धेरै सञ्चालकहरूको लगानी भित्रियो। सञ्चालकहरूबीच व्यक्तिगत स्वार्थ हावी हुन थाल्यो र संकलित रकम घरजग्गा, गाडी, ठूला बंगला लगायतका अनुत्पादक क्षेत्रमा लगानी गरी हिनामिना हुन थाल्यो। केही समयमै यो समस्या नियन्त्रणबाहिर पुग्यो र राष्ट्रिय सङ्कटका रूपमा देखा पर्‍यो। यसबाट सबै क्षेत्र, वर्ग र पेसाकर्मीहरू पीडित बन्न पुगेका छन्। राजनीतिक दलका नेताहरू पनि यो चङ्गुलमा मुछिएको आरोप लाग्दै आएको छ।

महाभोज’ चलचित्रको प्रस्तुति:

यिनै घटना, पात्र र विषयवस्तुलाई कथाको रूपमा चलचित्र ‘महाभोज’ मा सशक्त ढंगले प्रस्तुत गरिएको छ। चलचित्र उद्योगमा आफ्नो छुट्टै नाम र पहिचान बनाइसकेका युवा निर्देशक, कथाकार र निर्माता दिनेश राउतले कथा र घटनाक्रमलाई प्रभावशाली रूपमा पर्दामा ल्याएका छन्। हलमा पुग्ने दर्शकबाट अहिलेसम्म कुनै नकारात्मक प्रतिक्रिया नआएको र सिनेमा हेरेर दर्शकले भरपुर आनन्द र सन्तुष्टि मिलेको प्रतिक्रिया दिएका छन्।

चलचित्रको कथा, लोकेशन, परिवेश र भूगोल ज्यादै राम्रो छ। कलाकार छनोट र कलाकारहरूले विषयवस्तु तथा कथामा आफूलाई वास्तविक रूपमा चित्रण गर्न सफल हुनु यो चलचित्रका लागि विशेष मानिएको छ। चलचित्रले समाज बदल्ने वा राष्ट्र निर्माण गर्ने दाबी नगरे पनि सामाजिक घटना, विषयवस्तु र यथार्थलाई प्रस्तुत गर्न सफल भएको छ। दर्शकले सिनेमाबाट मनोरञ्जन, सकारात्मक चेतना र जागरूकता प्राप्त गर्ने अपेक्षा गरिएको छ, जसले उनीहरूको समय र पैसाको सही सदुपयोग हुनेछ।

‘महाभोज’ ले समाजको सहकारी क्षेत्रप्रतिको नकारात्मक सोच, वास्तविकताभन्दा बाहिरका कारणहरू, पात्र, समय र घटनाक्रम कस्तो हुन्छ, र यसले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा घरपरिवार, समाज र सिङ्गो राज्यलाई कसरी असर पुर्‍याएको छ भन्ने देखाउन खोजेको छ। प्रत्यक्ष पीडित मात्र नभई पीडितका आफन्त र परिवारले भोगेको आम समस्या र विषयवस्तुलाई चलचित्रमा प्रस्तुत गरिएको छ। पहाड, तराई, हिमाल हरेक भूभागका नेपालीले जानी-नजानी कसरी पीडा भोग्नुपरेको छ, र यसले हरेक घरभित्र स्वास्थ्य, शिक्षा र दैनिक व्यवसायलाई कसरी प्रभाव पारेको छ भन्ने कुरा कथामा देखाउन खोजिएको छ। सहकारीका धनी सञ्चालकहरूको अनैतिक धन्दा, व्यवसाय, पैसा, शक्ति र राजनीतिक सम्बन्धलाई पनि चलचित्रले छर्लङ्ग पारेको छ।

निर्देशक र कलाकारहरूको भनाइ:

चलचित्रका निर्देशक दिनेश राउतले ७ वटा फिल्म निर्देशनपछि आठौँ चलचित्र ‘महाभोज’ को प्रदर्शन मिति जेठ १५ गते रोक्नुपर्दाको अनुभव अनौठो लागेको बताएका छन्। “जीवन भनेकै फरक-फरक अनुभवहरूको सङ्गालो नै त रहेछ,” उनले भनेका छन्, “महाभोज चलचित्र सम्पूर्ण नेपालीका लागि हो, हामी सबै कतै न कतै कुनै न कुनै रूपबाट पीडित वा शोषित छौँ।” उनले चलचित्रको सन्देश अब चुप नबस्ने र अन्याय तथा अत्याचारविरुद्ध लड्नुपर्ने रहेको बताएका छन्।

चलचित्रका कलाकार खगेन्द्र लामिछानेले आफ्नो चरित्रमाथि इमान्दार र व्यावहारिक भएर भरपुर मिहिनेत गरेको बताएका छन्। उनले सुरुमै कथा र चरित्र चित्त बुझेर नै चलचित्रमा जोडिएको र निर्देशकको निर्देशन तथा आफ्नो अनुभवलाई राम्रो गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।

सहकारी पीडित दर्शकले चलचित्र हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन्। चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि एकजुट भई आवाज उठाउन हौसला प्रदान गरेको बताएका छन्। यसले मनोरञ्जनका साथै आम नेपालीलाई ठूलो चेतना दिएको उनीहरूको भनाइ छ।

अभिनेत्री अञ्जना बराइली र मलिका महत पनि ‘महाभोज’ प्रति निकै आशावादी छन्। उनीहरूले ‘कथा सहकारी पीडितको हो तर भूमिकाको बारेमा हलसम्म पुगेर चलचित्र हेर्दा नै राम्रो बुझिन्छ’ भन्दै दर्शकलाई सिनेमा हेर्न आग्रह गरेका छन्।

चलचित्रको प्रभाव र अन्तर्राष्ट्रिय प्रदर्शन:

‘महाभोज’ ले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको छ। चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङ सँगै चरित्र अभिनेत्री बसुन्धरा भुसाल, कमल नेपाल र बुद्धि तामाङ रहेका छन्।

सहकारी पीडित दर्शकले चलचित्र हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन्। चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि एकजुट भई आवाज उठाउन हौसला प्रदान गरेको बताएका छन्। यसले मनोरञ्जनका साथै आम नेपालीलाई ठूलो चेतना दिएको उनीहरूको भनाइ छ।

‘महाभोज’ ले मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले सहकारी पीडित लगायत परिवारको मर्मस्पर्शी कथालाई पर्दामा उतारेको छ। यसले हरेक व्यक्ति कसरी प्रभावित छन् र यसले समाजमा सहकारी ठगीले पारेको प्रभाव तथा त्यसबाट कसरी जोगिने, वास्तविक दोषी को भन्ने बारेमा प्रस्ट पारेको छ। दर्शकबाट सकारात्मक र राम्रो प्रतिक्रिया पाएको यस चलचित्र अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा प्रदर्शन हुने तयारीमा छ। जापानमा भने यसको प्रदर्शन जारी छ।

‘महाभोज’ को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिबार पर्थमा सम्पन्न भइसकेको छ। अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेनमेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ। त्यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी गरिरहेको छ, जसका लागि शो मितिहरू चाँडै घोषणा गरिने बताइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?