
पोखरा-प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले वाम गठबन्धनले विकास र समृद्धिका लागि पाँच वर्षसम्म सरकार चलाउन जनादेश प्राप्त गरेको बताएका छन्।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं . ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदी माथि बनेको पक्की पुलको उद्घाटनपछि बोल्दै भने, ‘पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेकोले अब विकास र समृद्धिको युगको सुरुवात भएको छ। अब राम्रो काम नगरे जनताले हराउनु पर्छ। ‘
उनले स्थानीय स्तरमा विकास र समृद्धिको आवश्यकता भएकाले सबै मिलेर समृद्धिको सपना पूरा गर्नु पर्नेमा जोड दिए।
यस्तै प्रदेशसभाका सदस्य कृष्ण थापाले राजनैतिक क्रान्ति सकिएकोले अब नेपाली जनतालाई सुख र शान्ति दिन सबै जनप्रतिनिधिले समृद्धिको बाटोमा अगाडि बढ्नु पर्नेमा जोड दिए।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल रु .एक करोड ६० लाख ८९ हजार ८ सय ५६ रुपैयाको लागतमा सो पक्की पुल निर्माण गरिएको हो।
२९ .९ मिटर लम्वाई र सात मिटर चौडाई रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समितिको ३० प्रतिशत खर्च भएको थियो।
पुल निर्माणसँगै महानगरपालिकाको वडा नं . ७,९,१४,१५ र १७ का स्थानीय जनतालाई आवागमनमा सुविधा पुगेको छ।
यो पनी हेर्नुहोस्: