नगरप्रहरी प्रमुखको निलम्बन विवादमा आज उच्च अदालतमा अन्तरिम आदेशबारे छलफल हुँदै

नगरप्रहरी प्रमुखको निलम्बन विवादमा आज उच्च अदालतमा अन्तरिम आदेशबारे छलफल हुँदै
+
-

काठमाडौँ- काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिटको अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आज  उच्च अदालत पाटनमा छलफल हुँदैछ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनलाई चुनौती दिँदै पाण्डेले गत जेठ २६ मा उच्च अदालतमा रिट दायर गरेका थिए।

न्यायाधीश प्रकाश खरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बुधबार (आज) उपस्थित हुन आदेश दिएको थियो।

जेठ २० मा ६ महिनाका लागि निलम्बित गरिएका पाण्डेले कार्यालय फर्किन खोज्दा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उनलाई प्रवेश गर्न दिएका छैनन्।

पाण्डेले निलम्बन रद्द गरिदिन उच्च अदालतमा उत्प्रेषण आदेशको माग गरेका छन्। यदि उनले अन्तरिम आदेश पाउन सकेनन् भने उनको महानगर फर्किने सम्भावना कमजोर हुने देखिन्छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’