हुम्ला – सिमकोटबाट हिल्सा र लिमी लाप्चाका लागि सञ्चालन हँुदै आएका यातायातका साधनले बढी यात्रु बोक्ने गर्दै आएका छन्। यी दुवै रुटमा सुरक्षा चेकजाँचको ब्यवस्था नभएका कारण यातायातका साधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका हुन्।
सिमकोट गाउँपालिका– ८ की नानी बुढाले आफू जडीबुटी सङ्कलन गर्न नाम्खा गाउँपालिका – ५ को यारी जाने क्रममा बोलेरो जिप चढेको र सो बोलेरोको बाहिर ढालामा समेत चौध जना यात्रु रहेको बताइन्। चालकलाई यात्रु बढी भए भन्दा तपाई नजाने भए झर्नु अरु यात्रु जान्छन् भन्ने जवाफ आएपछि नबोलेर जिपमा बसेर आफ्नो यात्रा गरेको उनले बताइन्।
त्यति मात्र नभई धारापोरीबाट यारी जाने क्रममा याल्वाङमा मात्र प्रहरी चौकी चेकजाँच गर्ने भएकाले पनि चालकले मनोमानी यात्रु बोकेर हिड्ने गरेका छन। याल्वङको प्रहरी चौकी आउन दुई सय मिटर अगाडि दश जना यात्रुहरुलाई झार्ने गरिएको छ। चौकीमा प्रहरीले जीपलाई चेकजाँच गरि सकेपछि केही दूरी अगाडि पुगेर सोही जीपले ती झारेका यात्रुहरुलाई यारी तर्फ लग्ने गर्दै आएका छन। उनले यसमा यात्रुहरुको पनि कमजोरी रहेको बताउदै यात्रुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने यताायातका साधनलाई नचढ्ने भन्न कसैले भन्न नसक्नु गल्ती भएको बताए।
आफ्नो उपस्थिती नरहेको कारण सिट क्षमता भन्दा बढी यात्रु बोक्ने समस्या रहेको हुन सक्ने बताउदै ट्राफिक प्रहरी अनिल शाहीले यो समस्या भए ट्राफिक प्रहरीलाई जानकारी गराउनु जिल्लावासीलाई आग्रह गरे। उनका अनुसार हुम्ला जिल्लामा सञ्चालीत रातो नम्बर प्लेटका बोलेरो जीपको सिट क्षमता चालक सहित पाँच जना मात्र रहेको छ। अर्को बन्दवाला बोलेरोका सिट क्षमता चालक सहित नौ जन मात्र रहेको उनको भनाइ छ।
ट्राफिक प्रहरीको ब्यवस्था हालम उत्तरी हुम्लामा भएको छैन। यसको फाईदा चालक र गाडी मालिकले उठाएको बताउदै उनँले तत्कालका लागि समाधानको उपाय भनेको यात्रुहरुले ट्राफिक प्रहरीलाई जानकारी गराउनु रहेको बताए। हाल सिमकोटबाट यारी, हिल्सा र लिमी लाप्चा जाने यात्रुहरुको संङ्ख्या बढी रहेको छ।
ट्राफिक प्रहरीको उपस्थिति सदरमुकाम सिमकोट, सर्केगार्ड र बाजुरा र हुम्लाको सिमाना कवाडीमा मात्र रहेको छ। सिट क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातका साधनलाई कुनै दुर्घटना भए त्यतिबेल समस्य आउने देखिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































