बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीविरुद्ध मुद्दा दायर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीविरुद्ध मुद्दा दायर
+
-

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत नौ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको र आर्थिक अनियमितता गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रक्रियाबिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको तथा मिलेमतोमा अन्य हिनामिना गरेको पाइएकाले आवश्यक अनुसन्धान गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले तत्कालीन कार्यकारी निर्देशक ठाकुरविरुद्ध रु ५१ लाख ७१ हजार ८८८ बराबरको बिगो माग दाबी गरेको छ। यस्तै, परिषद्का लेखापाल सावित्री गिरीविरुद्ध रु ३० लाख ७२ हजार ८४४, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गानाविरुद्ध रु १० लाख एक हजार ८७६, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंहविरुद्ध रु १४ लाख ९९ हजार, सवारी चालक बिक्कीकुमार चौधरीविरुद्ध कैद सजायको मात्रै माग दाबी गरिएको छ।

उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बवितादेवी साहविरुद्ध रु २० लाख ९९ हजार, निर्माण व्यवसायी जितेन्द्रकुमार यादवविरुद्ध रु दुई लाख र प्रतिवादी बलराम ठाकुरको श्रीमती इन्दुलेखाकुमारी ठाकुर विरुद्ध रु ४५ लाख २२ हजार ८४५ बराबरको बिगो मागदाबी गरिएको छ। उनीहरुबाट बिगोबमोजिमको रकम असुली र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?