थवाङ–५ का वडाध्यक्षकाे निधन

थवाङ–५ का वडाध्यक्षकाे निधन
+
-

दाङ – राेल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मिर्गौला र कलेजोसम्बन्धी जटिल रोगका कारण सोमबार निधन भएको छ।

गाउँपालिका स्रोतका अनुसार लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित घर्तीमगरको बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत अवस्थामा सोमबार दिउँसो निधन भएको हो।

५२ वर्षीय घर्तीमगर थवाङ–५ उवा निवासी हुन्। उनी माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

समाजसेवा र स्थानीय नेतृत्वमा सक्रिय घर्तीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताए।

`उहाँ इमानदार, सक्रिय र समर्पित जनप्रतिनिधि हुनुहुन्थ्यो,´ अध्यक्ष बुढा मगरले भने,`उहाँको निधनले गाउँपालिकाले अनुभवी नेतृत्व गुमाएको छ ।´

परिवारका अनुसार घर्तीमगरको अन्त्येष्टि मंगलबार मगर परम्पराअनुसार उवामै गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?