‘नेपाल किड्स आइडल’को ‘स्कुल एक्टिभेसन’ सुरु भयाे

‘नेपाल किड्स आइडल’को ‘स्कुल एक्टिभेसन’ सुरु भयाे
+
-

जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’को ‘स्कुल एक्टिभेसन’ सुरु भएको छ। आयोजकले विद्यालय–विद्यालय पुगेर शोको प्रचारप्रसारका लागि ‘स्कुल एक्टिभेसन’ सुरु गरेको हो। आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्।

जय मिडियाका संस्थापक जय राज रायले स्कुल एक्टिभेसनले विद्यार्थीलाई शो प्रति चासो बढाएको बताए। ‘विद्यालयका विद्यार्थीसँगै शिक्षक तथा अभिभावकले पनि यो शोप्रति चासो देखाउनुभएको छ। बालबालिका लक्षित कार्यक्रम भएकाले पनि सबैले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने।

जयका अनुसार नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गरिनेछ।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन्। त्यस्तै २६ जना प्रतियोगीले जनही १० हजार रुपैंयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। ३० एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?