मदन भण्डारी जन्मजयन्तीमा ‘जबजका तीन दशक’ कार्यक्रम आयोजना गरिंदै

मदन भण्डारी जन्मजयन्तीमा ‘जबजका तीन दशक’ कार्यक्रम आयोजना गरिंदै
+
-

काठमाडौं- तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आज नेकपमा एमालेले विभिन्न कार्यक्रमहरु गरिरहेको छ।

एमाले र मदन भण्डारी फाउण्डेशनले जन्मजयन्ती मनाउँदै आएका छन्। एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ। कमिटीको आयोजनामा आज बिहान त्रिपुरेश्वर स्थित दशरथरङ्गशाला देखि तीनकुनेसम्म पदयात्रा गरेको थियो। पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित लगायत सहभागी भएका थिए।

त्यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषायक अन्तरक्रिया कार्यक्रम राखिएको छ। अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यतालिका रहेको छ।

एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ। एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनवाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्तका रुपमा अंगिकार गर्दै आएको छ।

मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई बनेको नेकपा (एमाले) पनि महासचिव बनेका थिए।  त्यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट उनी महासचिव चुनिएका थिए। भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीका माइला छोराका रूपमा जन्मिएका मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?