
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपाचारिक भ्रमणका लागि स्पेन जाँदैछन्। शनिबार साँझ ६ बजे २१ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली कतार एयरवेजको जहाजबाट स्पेन जानेछन्।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन उनी स्पेन जान लागेका हुन्। भ्रमणका क्रममा उनले स्पेन सरकारसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। भने त्यहाँ रहेका नेपालीसँगसमेत भेट गर्नेछन्।
भ्रमणबारे संसद्मा जानकारी गराउँदै उनले भने– ‘आज असार १४ गते साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै हाम्रो यात्रा सुरु हुन्छ, स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यक्रम तालिका छ।’
भ्रमणको दोस्रो दिन
असार १५ गते दिउँसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर पुग्नेछ।
लगत्तै नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ ।
साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग ओली नेतृत्वको प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ ।
असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ ।
भ्रमणको तेस्रो दिन
बिहान उद्घाटन सत्रमा सहभागिता हुनेछ ।
अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा संबोधनको लागि ओली सहभागी हुने।
दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति महामहिम श्री अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ ।
दिउँसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा ओलीले सम्मेलनलाई संबोधन गर्ने।
अपरान्ह ४:०० देखि ५:१५ को बीचमा निम्नानुसार तिनवटा द्विपक्षीय बैठक हुनेछन्ः
o इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षी बैठक
o पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक
o संयुक्त राष्ट्रसंघ महासचिव अन्तोनियो गुटरेससँगको बैठक
तेस्रो दिनको अन्तिम कार्यक्रम, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोजमा सहभागी हुने
चौथो दिन (असार १७ गते)
पहिलो कार्यक्रम, ओलीले बिहान ८:३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने।
बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा संबोधन गर्ने।
अपरान्ह १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई संबोधन गर्ने।
अपरान्हमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा संबोधन गर्ने।
दिउँसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा संबोधन गर्ने ।
साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्री भोजमा हाम्रो सहभागिता हुने ।
पाँचौं दिन, असार १८ गते ।
नेपाली प्रतिनिधि मण्डलको टोली सेभियाबाट म्याड्रिड फर्किने छ। म्याड्रिड पुगेसँगै कार्यक्रममा संलग्न हुने तालिका तय भएको छ ।
साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा ओलीले त्यहाँको प्रतिष्ठित व्यावसायिहरुलाई संबोधन गर्ने र नेपालमा लगानी गर्न आव्हान गर्ने।
छैटौ दिन, असार १९ गते ।
स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ ।
केही महत्वपूर्ण स्थानहरुको अवलोकन साथै राजदुतावासको अवलोकन गर्ने कार्यक्रम छ।
अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँग प्रधानमन्त्री ओलीको भेटघाट राखिएको छ ।
सोही राती १०:४५ बजे दोहाको लागि प्रस्थान ।
हप्ता दिन पछि असार २० गते दिउसो ४:४५ बजे नेपाली प्रतिनिधि मण्डलको टोली काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ।