धानखेतीमा लाग्ने लागत घटाउन खोजिरहेका छौंः मुख्यमन्त्री आचार्य

धानखेतीमा लाग्ने लागत घटाउन खोजिरहेका छौंः मुख्यमन्त्री आचार्य
+
-

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

२०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका छन्।

‘धानवालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाउन थालिएको यस वर्षको धान दिवस हालको सन्दर्भमा अत्यन्त सान्दर्भिक र प्रेरणादायी रहेको बताए ।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानले नागरिकलाई खाद्य हक सुनिश्चित गरेको उल्लेख गर्दै खाद्य सुरक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र समर्पित कार्यान्वयन आवश्यक रहेको धारणा राखेका छन्।

साथै, उन्नत बीउ, रासायनिक मलको समयमै आपूर्ति, खेतीको यान्त्रीकरण र दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिइएको बताए | लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई देशको अन्नको भण्डारको रूपमा चिनिँदै आएको उल्लेख गर्दै यहाँको खेतियोग्य जमिनको संरक्षण, बाँझो जमिनमा खेती प्रवर्द्धन तथा आयात घटाउँदै निर्यात बढाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

‘खेतीमा बढ्दो लागत, मलको अभाव, यान्त्रीकरणको आवश्यकता लगायतका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील छ’ शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री आचार्यले धान खेतीमा जलवायुमैत्री प्रविधिको प्रयोग गर्दै उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कार विकास गर्न राष्ट्रिय धान दिवसले प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?