बिपी कोइरालाको समाजवाद र स्थानीय सरकार नामक पुस्तकमाथि विमर्श

बिपी कोइरालाको समाजवाद र स्थानीय सरकार नामक पुस्तकमाथि विमर्श
+
-

मोरङ – विराटनगरमा बिपी कोइरालाको समाजवाद र स्थानीय सरकार नामक पुस्तकमाथि विमर्श गरिएको छ। एटिल क्लबमा आज बिपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालद्धारा आयोजित कार्यक्रममा पुस्तकमाथि विभिन्न क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए।

सो क्रममा प्रा.डा. बलराम पौडेलले अवधारणा प्रस्तुत गरेका थिए। पुस्तकमाथिको विमर्शका क्रममा वक्ताहरूले बिपीले अघि सारेको समाजवादलाई यथार्थमा परिणत गर्नुपर्नेमा जोड दिएका थिए। त्यसैगरि, गाउँलाई नै विकासको केन्द्रबिन्दु बनाएर अघि बढे मात्रै समग्र देशको विकास हुने उनीहरूको भनाई छ।

कार्यक्रममा बिपी कोइराला सोसलिष्ट इन्टरनेशनलकी अध्यक्ष इन्दिरा थापाले मुलुकको ७७ वटै जिल्लामा एउटा–एउटा गाउँलाई समाजवादमा केन्द्रित गरेर नमुना गाउँ बनाउने कार्ययोजनासाथ अघि बढेको बताइन्। सोही क्रममा अध्यक्ष थापाले गत वैशाख १५ गते काठमाडौंमा विशेष समारोहका बीच विचोचन गरिएको पुस्तकमा देखिएका समस्या पहिचान गरी संशोधन गरिने जानकारी दिइन्।

उनले पुस्तकलाई नै आधार बनाएर बिपीले देखेको समाजवादको सपना पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरिन्। त्यस्तै पुस्तकमाथि प्रा.डा. भेषप्रसाद धमला, प्राध्यापक कृष्ण पोखरेल, प्राध्यापक महेन्द्र यादव, प्राध्यापक गोविन्द तुम्वाहाङ र प्राध्यापक दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)ले समीक्षात्मक टिप्पणी गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?