
हुम्ला – अस्पतालमा आउने बिरामीको संख्या बढे भए पनि औषधिको भने अभाव भइरहेको छ। लामो समय खडेरी परेको कारण धुँवा धुलोले रुघाखोकी ज्वरोलगायतका रोगका बिरामीको सङ्ख्या बढ्दै गएको हो।
अस्पतालमा भर्ना हुने र चेकजाँचका लागि आउने बिरामीको सङ्ख्या दैनिक बृद्धि भई रहेको जिल्ला अस्पतालकी नर्सिङ ईन्चार्ज बरिष्ठ अनमी सरिता बोहराले बताईन। एक त यो समय बिरामीको सङ्ख्या बढ्ने भएको त्यस माथि लामो समय खडेरी परेको कारण झनै बिरामी बढ्दै गएको छ। पखाला, निमोनिया, बान्ता आउने, ज्वरो, टाउको दुख्ने, रुघाखोकी लगायतका रोगका बिरामी बढी रहेको उनको भनाइ छ।
दैनिक ९० देखि सय जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने र चेकजाँच गर्ने बिरामी मध्य केही जटिल खालका बिरामीलाई भर्ना गर्ने र अन्यलाई उपचारपछि औषधिको ब्यवस्था गर्न लगाएर घर फर्काउने गरिएको छ। यो समय नै दूषित पानीको कारण बिरामी बढी हुने भएको र त्यस माथि खडेरीले गर्दा धुवाँधुलोले रुघाखोकी र ज्वरोको बिरामी पनि बढी रहेकोले यसबाट बच्ने उपायहरु अवलम्बन गर्न उनले सर्वसधारणलाई आग्रह गरिन। पन्द्र शैयाको अस्पताल भएके करण् भर्ना हुने बिरामी बढी भए थप भुईमा ब्यवस्था गरेर पनि उपचारको ब्यवस्था गर्नु परि रहेको छ।
औषधि अभाव
बिरामीको सङ्ख्य बढी रहेको समयमा अस्पतालमा औषधिको पनि अभाव हुँदै गएको छ। अस्पतालका लागि औषधिको ब्यवस्था गर्न न्यून बजेट भएकै कारणअभाव देखिएको हो। अस्पतामा भर्ना हुनु भएका ५९ वर्षका सर्केगार्ड गाउँपालिका– ८ का बिरामी भुवन रोकायाले अस्पतालमा औषधि पाउनै छोडेको बताए। चिकित्सकले चेकजाँच गर्ने र पुर्जामा लेखिएको औषधि माग्दा सकिएको भन्ने स्वास्थ्यकर्मीबाट जवाफ आउने गरेको गुनासो गरे। अस्पतालमा मात्र नभएर सुलभ किसिमले उपलब्ध गर्नका लागि स्थापना गरिएको अस्पताल कै फर्मेसीमा पनि यो औषधि सकिएको वा नभएको भन्ने जवाफ आएका कारण निजी फार्मेसी र मेडिकलमा महङ्गो औषधि किनेर प्रयोग गर्न बिरामी बाध्य भएको उनले बताए।
जिल्ला अस्पताल भएर पनि वर्षमा १५ लाख रुपैयाँको औषधिको ब्यवस्था गर्नुपरेपछि औषधि अभाव हुनु स्वाभाविकै भएको अस्पतालका चिकित्सक रविन्द्र भट्टराईले बताए। अस्पतालसंग भएको सिमित साधन र श्रोतबाट बिरामीको उपचार गर्नु पर्ने बाध्यता रहेको बताउदै उनले बिरामीलाई चेकजाँच गरि सकेपछि आौषधी खरिद गर्न बाहिर पठाउनुको अन्य बिकल्प भएको बताए । अर्को कुरा अस्पतालबाट ९८ प्रकारका औषधि निशुल्क उपलब्ध हुने भनिएको भएपनि त्यो सङ्ख्या साठी प्रकार भन्दा कहिल्यै माथि नपुगेको उनको भनाई छ