आँप मेलामा रु १० लाखभन्दा बढीको कारोबार

आँप मेलामा रु १० लाखभन्दा बढीको कारोबार
+
-

महेन्द्रनगर (धनुषा) –धनुषामा दुई दिवसीय आँप मेला आज सम्पन्न भएको छ। यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो।

दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गर्नुभएको र रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिए।

‘मधेसको मिठास, चित्रपुरको आँप’ भन्ने नारासहित आयोजित मेलामा ४० भन्दाबढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार प्रदर्शन गरिएका थिए।

महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषिविज्ञसँग अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतीसमेत गएिका थिए।

यसअघि मेलाको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए। मेलामा विभिन्न थरिका आँप, अचार, अमोट, आमिल, जुस प्रदर्शनसँगै विक्रीवितरणसमेत गरिएको बोर्डका सदस्य फुलगेन महतो मगहीले जानकारी दिए।

तीन सय विघाहभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुर आँप बगैँचामा गत वर्षदेखि किसान मिलेर आँपको प्रवद्र्धनसँगै बजारीकरणका लागि मेला आयोजना गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?