
दाङ – लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सैद्धान्तिक छलफल सकिएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गरेका थिए।
बजेटमाथिको सैद्धान्तिक छलफलममा प्रदेश सभा सदस्य विष्णु पन्थी, कनैया बनियाँ, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले भाग लिएका थिए।
बैठकमा आर्थिक मामिलामन्त्री कार्कीले आर्थिक वर्ष २०८२/०८३ सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरेका थिए।
यस्तै, प्रदेश सभाको १५ औँ बैठक आज बेलुका साढे ८ बजेका लागि बोलाइएको छ।