पुरुषको मानसिक स्वास्थ्यका लागि विशेष कार्यक्रम

पुरुषको मानसिक स्वास्थ्यका लागि विशेष कार्यक्रम
+
-

जुन महिनालाई ‘पुरुषको मानसिक स्वास्थ्यको महिना’ भनेर पनि चिनिन्छ। सामान्यतया: आफ्ना समस्या खुलेर भन्न नरुचाउने पुरुषहरूलाई सहायता माग्न गाह्रै पर्छ। आफूभित्र गुज्रिरहेको मानसिक असहजता बाँड्न झनै मुस्किल हुन्छ।

मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको संस्था ‘माइन्डवेल सोल्युसन्स’ले कुलतमा लागेर ‘रिकभरी’को यात्रामा हिँडिरहेका युवाहरूलाई लक्षित गर्दै सोमबार बुढानीलकण्ठमा विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा कुलतमा लागेर सामान्य जीवन बाँच्न संघर्षशील युवाहरू लक्षित विभिन्न गतिविधि गर्नुका साथै ध्यानका साधारण विधिहरू सिकाइएका थिए।

माइन्डवेल सोल्युसन्सकी मनोविद् एन्जिना सापकोटाले पुरुषको मानसिक स्वास्थ्य हम्मेसी बाहिर नआउने र आउँदासम्म निकै जटिल भइसक्ने अनुभव सुनाइन्। अर्की मनोविद् अपेक्षा गुरुङले ध्यानका सरल अभ्यासहरू सहभागीहरूलाई सिकाएकी थिइन्। कार्यक्रममा रिकभरी प्रक्रियाम रहेका युवाहरूको मानसिक स्वास्थ्यलाई सहायता पुग्ने अन्य विभिन्न थेराप्युटिक गतिविधि पनि गरिएको थियो।

प्राकृतिक वातावरणमा रिह्याब सुविधा दिइरहेको बुढानीलकण्ठस्थित फ्रीडम फाउन्डेसनमा उक्त कार्यक्रम गरिएको थियो। फाउन्डेसनका प्रमुख पवन श्रेष्ठले कार्यक्रमले सहभागीहरूलाई उत्प्रेरित गर्न सहयोग पुर्‍याएको भन्दै आयोजनाका लागि माइन्डवेल सोल्युसन र यसका मनोविद्हरूको सराहना गरेका थिए। कुलत र दुर्व्यसन रोकथाममा लामो समयदेखि काम गरिरहेका श्रेष्ठले बुढानीलकन्ठमा फ्रीडम फाउन्डेसन संस्था चलाइरहेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’