एएफसी एसियाकप छनोट: सावित्राको ह्याट्रिकमा श्रीलंकाको पोस्टमा नेपालको ८ गोल

एएफसी एसियाकप छनोट: सावित्राको ह्याट्रिकमा श्रीलंकाको पोस्टमा नेपालको ८ गोल
+
-

काठमाडौं- एएफसी महिला  एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा नेपालले ८-० को फराकिलो जित हासिल गरेको छ। लगातार दोस्रो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पुरा गर्दै नेपालको प्रभावसालि जित यात्रालाई कायम राख्न सफल भइन्।

पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेको थियो। कप्तान साबित्रा भण्डारी (साम्बा) ले पहिलो हाफमै  ह्याट्रिक गर्दा  गिता राना मगरले अर्को एक गोल  गरेकी थिइन्। नेपालका लागि गिता रानाले १२ औं मिनेटमा गोल  गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। नेपालले खेलको २० औं मिनेटमा अग्रता दोब्बर बनायो। दोस्रो गोल सावित्रा भण्डारीले गरीन्।

४२ औं मिनेमा ब्यक्तिगत दोस्रो  तथा टिमका लागि तेस्रो गोल गरेकी साम्बाले पहिलो हाफको इन्जुरी समय ह्याट्रिक पुरा गर्दै टिमलाई ४-० को अग्रता दिलाइन्। साम्बाको यो ६० औं खेलमा ६४ औं गोल हो।

दोस्रो हाफमा पनि नेपालले रवाफिलो अग्रता कायम राख्यो।  नेपालका लागि  गिता रानाले ५४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता ५-० मा पुर्याउन सफल भइन्। उनको यो ब्यक्तिगत दोस्रो गोलका रुपमा रह्यो। त्यसलगतै अर्थात ८ मिनेटपछिनै निशा थोकरले हेडरमार्फत गोल गर्दै टिमलाई गोल संख्या आधा दर्जन पुर्याउन सफल भइन्।

त्यसपछि पनि नेपालले गोल निरन्तर गर्यो। सब्सटिच्युट रेखा पौडेलले हेडमार्फत टिमको अग्रता ७-० मा पुर्याउन सफल हुँदा। आठौं गोल  पुजा रानाको नाममा रह्यो। उनले राष्ट्रिय टोलीबाट करियरको पहिलो गोल गरिन्। अब नेपालले छनोट चरणको अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्ने छ। यो खेलनै नेपालका लागि निर्णायक हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?