काठमाडौँ– सरकारले एकपछि अर्को गर्दै समाचार लेखेकै आधारमा समाचार हटाउन लगाउने, फेसबुकमा लेखेको आधारमा पक्राउ गर्ने, टिकटकमा विरोध गरेकै आधारमा पक्राउ गर्ने र थुन्ने कार्य गरिरहेको छ।
मिडियामा प्रक्राशित सामग्रीलाई लिएर पनि अधिकार क्षेत्रभन्दा बाहिर गएर समाचार हटाउन लगाउने जस्ता कार्य भइरहेको छ। मञ्जमा नेताविरुद्ध नारा लगाएकै आधारमा पक्राउ गर्ने र थुन्ने कार्य यही सरकारको समयमा भयो।
यसले देशमा अभिव्यक्ति स्वतन्त्र निमोठ्ने कार्य त कतै भइरहेको छैन भन्ने सवाल उठिरहेको छ। अभिव्यक्ति स्वतन्त्रता नागरिकका लागि मात्र होइन, पार्टीभित्र पनि खोसिदै गएको सवाल पनि उठिरहेको छ।
पार्टी नेतृत्वमाथि आलोचना गरेकै आधारमा तल्ला कमिटीका सदस्यहरूले कारबाही भोगेको थुप्रै उदाहरणहरू छन्। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले असार १५ गते पार्टी अध्यक्ष माधव कुमार नेपाल लक्षित टिप्पणी गरेपछि उनीमाथि स्पष्टीकरण सोधिएको छ।
लोकतान्त्रिक मुलुकमा कसैले आफ्नो मत जाहेर गर्ने विषयमा किन गरिँदै छ अवरोध? के लोकतन्त्र धर्मराएको संकेत हो? नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष, पूर्वमन्त्री प्रकाश ज्वाला लोकतन्त्र धर्मराएको विषयमा सहमत नभए पनि सरकार निरङ्कुश भएको भन्ने उनलाई लागेको छ।
ज्वाला सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी यसअघि भौतिक पूर्वधार तथा यातायत मन्त्री थिए। २०७४ सालमा सल्यान ‘ख’ बाट निर्वाचित भएर कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री पनि बने।
उनलाई लाग्छ- अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दरता नै हो। तर यसमा केही सीमा हुने भए पनि सरकारको आलोचना गरेकै आधारमा, समाचार लेखेकै आधारमा पक्राउ गर्ने र थुन्ने कार्य सरकार आफ्नो गल्ती कमजोरी लुकाउन उद्धत हुनु रहेको उनको बुझाइ छ।
‘राज्य के छ त भन्दा जनतालाई सेवा सुविधा दिएर, लोकतन्त्रको राम्रो उपयोग गर्न दिएर विरोध गर्ने अवस्था सृजना हुन नदिने भन्दा पनि मान्छेलाई जबरजस्त मुख थुन्नेखालको कानुन कडा बनाउने, नियन्त्रण गर्न खोज्ने र मुद्दा लगाइहाल्ने र राज्य निरङ्कुशतिर जान थालेको देखिन्छ’, उनी भन्छन्।
ज्वाला रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको विषयमा के भन्छन्? पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किएसँगै के बाम एकताको सम्भावना छ? पतञ्जली जग्गा प्रकरणमा सरकारले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि प्रतिशोध विषय अदालतले भन्ने कि नेकपा एसले? लगायत सल्यान जिल्लासँग सम्बन्धित विषयमा हामीले छलफल गरेका छौँ।
उनीसँग गरिएको कुराकानीको सम्पादित भिडियो अंश: