
मुगु – मुगु जिल्लामा जारी वर्षाका कारण गमगढी–बालैपिना सडकखण्ड अन्तर्गत कालाढुङ्गाको सडक अवरुद्ध भएको छ। लगातारको झरीपछि खसेको ठूलो बाढी र पहिरोले सडक बगाए पछि यातायात सेवा ठप्प भएको छ।
सडक अवरुद्ध हुँदा गमगढी तथा आसपासका बासिन्दाहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने खाद्यान्न, लगायतका आवश्यक सामग्री ढुवानीमा समेत समस्या देखिएको छ।
स्थानीयवासीका अनुसार सडकको अधिकांश भाग चिप्लो र जोखिमपूर्ण बनेको छ, जसका कारण यात्रुहरू पैदल हिँड्न समेत डराइरहेका छन्।
सडक खुलाउने प्रयासमा सम्बन्धित निकायको यथासिघ्र ध्यान जानुपर्ने स्थानिय बासिन्दाको गुनासो छ।