देशसञ्चार चौतारीमा भाग-१०४

‘बुवाले दिएको संस्कार मेरो छोरीलाई दिन सक्दिनँ कि भनेर डराउँछु’

+
-

चिकित्सकहरू सार्वजनिक स्थलमा कमै देखिन्छन्। मिडियामा सम्बन्धित विशेषज्ञका रुपमा बोल्न पनि कमै रूचाउँछन्। बरू, बिरामीलाई उपचार सेवा दिन बढी समय खर्चिन्छन्। बिरामीको जाँच गरेरै पूरा जीवन बिताउने चिकित्सक पनि छन्। तर मुटु रोग विशेषज्ञ डाक्टर ओम मूर्ति अनिल भने मुटुका बिरामीको उपचारदेखि सचेतना जगाउन सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्। आफ्नो ज्ञानलाई आम सर्वसाधारणसम्म पुर्‍याउन लागिपरेका डाक्टर ओमले आफ्नो अनुभव देशसञ्चार चौतारीमा बाँडेका छन्।

भावुक, संवेदनशील तथा पारिवारिक स्वभावका चिकित्सकको रूपमा चिनिँदै आएका उनी काठमाडौँको बसुन्धरास्थित ‘नेशनल कार्डियाक सेन्टर’मा आबद्ध छन्।

मन, मुटु, भावना र साहित्यको कुरा जोड्दै सोधिएको जिज्ञासामा उनले मुस्कुराउँदै भने, ‘डाक्टर पनि मान्छे हो। उनीहरूको पनि भावना हुन्छ। विचार हुन्छ। र सबै कुरालाई चलाउने माइण्ड हुन्छ। लभको पछाडि पनि कतै न कतै माइण्ड जाेडिएकाे छ।’

‘मैले सोचेको थिएँ, तपाईंले आज के खाएर आउनुभयो भन्ने प्रश्न आउने छ। तर आएन। मैले आज जाउलो खाएर आएको थिएँ। जाउलो त बिरामीले मात्रै खाने हो भन्ने छ। तर स्वस्थ मान्छेले पनि जाउलो खाँदा कुनै फरक पर्दैन।’

हजारौँ मुटु रोगीहरूको मुहारमा मुस्कान ल्याउन सफल डा. ओम मुटुलाई स्वस्थ राख्न पहिला खानपानमा नै सचेत हुनुपर्ने बताउँछन्। आजको खानपानले मुटुको समस्या बढ्दै गएकोमा चिन्ता सुनाए, ‘मैले सोचेको थिएँ तपाईंले आज के खाएर आउनुभयो भन्ने प्रश्न आउने छ। तर आएन। मैले आज जाउलो खाएर आएको थिएँ। जाउलो त बिरामीले मात्रै खाने हो भन्ने छ। तर स्वस्थ मान्छेले पनि जाउलो खाँदा कुनै फरक पर्दैन।’

नेपाली समाज खानु पिउनुलाई सम्पन्ता मान्छ। पाहुनालाई मासु खुवाउनुलाई सम्भ्रान्त ठान्छ। तर सामान्य खाना खाएर/खुवाएर पनि खुसी हुन सकिने कुरालाई आत्मसाथ गर्दैन। कुनै चाडपर्वमा हामी अत्यन्तै धेरै परिकार र तेलमा तारेका खाना खुवाउने र खाने गर्छौँ। तर यस्ता खानापान जतिसक्दो कम गर्‍यो उति नै मुटु स्वस्थ हुन सक्ने बताउँछन् उनी।

‘हामी मःमः चाउमिन खान पाए खुसी हुन्छौँ। साथीलाई मासु खुवाउन पाए खुसी हुन्छौँ। तर, यसको विकल्पमा अन्य नरम र ताजा खाने कुराले पनि भेट भर्न सकिन्छ। त्यसलाई जोड दिनुपर्ने हो तर सकिरहेका छैनौँ।’

धेरै त्यस्ता व्यक्ति छन्, जसले माछामासु खाँदैनन्। ती मानिस पनि स्फुर्तिका साथ हिँडिरहेका छन्। काम गरिरहेका छन्। ‘पोषणका लागि मासु खानु ठीकै होला। तर, मासु नै नखाँदा राम्रो हुन्छ। मुटुको लागि मासु नखाँदा राम्रो,’ उनले भने।

नेपालको सन्दर्भमा मुटुको रोग लागेको बिरामीलाई सहजै उपचार गर्न गाह्रो देख्छन् ओम। नेपाल सरकारबाट जति सहयोग हुनुपर्ने हो त्यति हुन सकेको छैन। तर, ओम भन्छन्, ‘सरकारको मुख मात्रै ताकेर सबै समाधान हुँदैन। हामीले व्यक्तिगत तबरबाट पनि पहल गर्न सक्यौँ भने मुटुको रोग लागेका बिरामीको दर घटाउन सक्छौँ।’

विश्व स्वास्थ्य संगठनको एउटा तथ्यांकअनुसार ८० प्रतिशतभन्दा बढी युवाहरूमा मुटुसम्बन्धी समस्या देखिने गरेको छ। दक्षिण एशियाली राष्ट्रहरूमा युवाहरूमा मुटुरोगको प्रकोप बढ्दै गएको देखिन्छ। आजको समयमा युवाहरूलाई बढी हृदयघात भइरहेको छ। यस्तो हुनुको कारण खानपानै कारण बताउँछन् उनी।

अघिल्लो वर्ष मात्रै उनले जीवन्त सम्बन्ध नामक पुस्तक नै लेखे। पुस्तकमा उनले आफ्नै पिताको कुरा गरेका छन्। भन्छन्, ‘मेरो लागि सम्बन्धलाई टिकाउन ठूलो चुनौती हो। जीवनमा सम्बन्धको अर्थ मूल्यवान् छ।’

‘अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाव, मोटोपना, प्रदूषण तथा नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन र आधुनिकीकरणले अस्वस्थ जीवनशैलीले पनि मुटुको समस्या बढेको छ,’ उनले भने, ‘युवाहरूले शारीरिक व्यायाम नगर्ने, मदिरा–चुरोटको सेवन बढी गर्ने, स्वास्थ्य जाँच नगर्ने, औषधि खान नचाहने आदि प्रमुख कारण हुन् भने मानसिक तनावको शिकार पनि बढ़ी भएको देखिन्छ।’

उनका अनुसार मुटुको समस्या हुँदाहुँदै पनि औषधि प्रयोग गर्न डराउने बिरामी बढी छन्। ‘औषधिको साइड इफेक्टको बारेमा भ्रम पालेर चाहिने अवस्थामा पनि औषधि सेवन नगरी हताहत भएका थुप्रै घटना छन्,’ उनी भन्छन्।

अघिल्लो वर्ष मात्रै उनले जीवन्त सम्बन्ध नामक पुस्तक नै लेखे। पुस्तकमा उनले आफ्नै पिताको कुरा गरेका छन्। भन्छन्, ‘मेरो लागि सम्बन्धलाई टिकाउन ठूलो चुनौती हो। जीवनमा सम्बन्धको अर्थ मूल्यवान् छ।’

जीवनमा भौतिक सुखमा मात्रै रमाउने होइन, सम्बन्ध परिचालन गर्न पनि सक्नुपर्ने बताउँछन्।

सम्बन्धको कुरा गर्दा डाक्टर ओमले बुवाको सन्दर्भ पनि जोडे, ‘म जहाँ पुगे पनि बुवाले सोध्नुहुन्थ्यो, ‘के कुरा गरेर आइस्’। मेरो कुरा सुन्न सधैँ तयार हुनुहुन्थ्यो। के बोल्छस् भनेर चासो राख्नुहुन्थ्यो। त्यो संस्कार म मेरो छोरीलाई दिन सक्दिनँ कि भनेर साह्रै डराउँछु।’

सामाजिक सञ्जालमा लोकप्रिय छन् ओम। फेसबुक पेजलाई १२—१३ लाखले फलो गरेका छन्। सामाजिक सञ्जालमा सके दैनिक नै नत्र हप्तामा उनी कुनै न कुनै उपयोगी सामाग्री अपलोड गरिरहेकै हुन्छन्।

उनले आफ्नो बुवाका देहावसानपछि १३ औँ दिनको पुन्यतिथिमा दिएको भोजको पनि स्मरण गरे। ‘मरिजाने मान्छेको नाममा दिएको भोजले केही अर्थ राख्दोरहेनछ भन्ने अनुभूत गरेँ। त्यो समय मलाई समाजले जे सिकायो त्यही गरँ।’

जीवनमा सेवा गर्नुपर्छ, सहयोगी हुनुपर्छ र आफूले आर्जेको ज्ञानलाई सर्वसाधारणसम्म पुर्‍याउनु पर्छ भन्ने सोच आफ्नै बुवाबाट पाएको बताए उनले।

सामाजिक सञ्जालमा लोकप्रिय छन् ओम। फेसबुक पेजलाई १२—१३ लाखले फलो गरेका छन्। सामाजिक सञ्जालमा सके दैनिक नै नत्र हप्तामा उनी कुनै न कुनै उपयोगी सामाग्री अपलोड गरिरहेकै हुन्छन्। ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा ओमले विश्व रेकर्ड राखेका थिए। व्यक्तिगत क्षमता सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको त्यो रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आश सुनाए उनले।

जनताकाे नजिक भएका डाक्टर हुन् ओम। डाक्टरलाई भेट्न टिकट काटेर, लाइन लागेर पालाे कुर्नुपर्छ तर ओम त्यस्ता मुटु राेग विशेषज्ञ हुन् जसलाई सर्वसाधारणले भेट्न सक्छन्। आफ्नाे मुटुकाे बारेमा साेध्न सक्छन्।

मधेसको जनकपुरमा जन्मे-हुर्केका ओमले नेवार समुदायकी मनिषा बैदारसँग विवाह गरे। दुई अलग–अलग परिवार, समाज तथा संस्कारको पनि मिलनमा उनी सफल छन्।

समाज र आम मान्छेसँग जोडिन केही न केही काम गरिरहने डाक्टर ओम भन्छन्, ‘बिरामीको जाँच गरेर मात्रै खुसी हुन सकिनँ। जब आममान्छेसँग जोडिन थालेँ, अनि म खुसी हुन थालेँ। आफ्नो काम गराइमा सन्तुष्ट हुन थालेँ। आफ्नै लागि गरिएको कामले पनि धेरैलाई खुसी बनाउन सक्छ भने किन नगर्ने?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?