नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे सर्वसम्मत निर्वाचित, नयाँ कार्यसमिति चयन

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे सर्वसम्मत निर्वाचित, नयाँ कार्यसमिति चयन
+
-

काठमाडौँ – नेपाल उद्योग परिसंघ (सीएनआई) को २२औँ वार्षिक साधारण सभाले वीरेन्द्रराज पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे विधानअनुसार स्वतः अध्यक्षमा चयन भएका हुन्।

एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य र विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ सालदेखि परिसंघको उपाध्यक्ष थिए। काठमाडौँमा जन्मेका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा सक्रिय छन्। सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन्। उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन्।

परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे। पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिहरूलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्‍याउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले निवर्तमान अध्यक्ष अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे।

नयाँ कार्यसमिति र उपाध्यक्षहरू: साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता, सञ्जीव न्यौपाने, हेम राज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्त बहादुर चन्द र चन्द्र टण्डन निर्वाचित भएका छन्।

यसैगरी, कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन्। मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद् सदस्य भएका छन्।

निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रूपमा ७ जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्।

यसैगरी उपाध्यक्षहरूमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्। परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित भएका छन्। नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई सपथ ग्रहण गराए।

सीएनआई प्रेसिडेन्ट अवार्ड र निर्यातमा योगदान गर्ने कम्पनीहरू सम्मानित: मंगलबार आयोजित साधारण सभा समुद्घाटन समारोहमा सीएनआई प्रेसिडेन्ट अवार्डबाट परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगी सतिस कुमार मोर सम्मानित भए।

सो अवसरमा परिसंघबाट निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो। साफ्‌टाअन्तर्गत हुने निर्यातमा योगदान दिने आर.एम.सी. फुडस् प्रा.लि., गणपति वनस्पति लिमिटेड, र नारायणी वेल रिभाइनरी उद्योग प्रा.लि. सम्मानित भएका छन्।

यसैगरी तेस्रो मुलुकतर्फ निर्यातमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एण्ड लजिष्टिक प्रा.लि., एसेन्ट् एर्क्पोट्स प्रा.लि., र स्मुथ कार्गो मुभरर्स प्रा.लि. सम्मानित भएका छन्। यस्तै इन्डो-नेपालअन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रीप्स् प्रा.लि., रिलायन्स स्पिनिङ मिल्स् लिमिटेड र शिवम् प्लाष्टिक इन्डष्ट्रिज लिमिटेड सम्मानित भएका छन्।

यसैगरी, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवालले प्राप्त गरे भने परिसंघअन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेको छ। सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बागमती उद्योग परिसंघले प्राप्त गरेको छ भने सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरे। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?