
काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देशभर तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
सोही अवसरमा आज भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण र प्रभातफेरी कार्यक्रम आयोजना गरेका थिए।
आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यमा रामायणको नेपाली अनुवाद गरी नेपाली भाषालाई जनस्तरसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकाले उनको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती मनाउने गरिन्छ।
तस्बिरहरूः