प्रविधिको प्रयोगले कृषिमा क्रान्ति, पाल्पाका किसानलाई जियोकृषि एपले बनायो आत्मनिर्भर

प्रविधिको प्रयोगले कृषिमा क्रान्ति, पाल्पाका किसानलाई जियोकृषि एपले बनायो आत्मनिर्भर
+
-

तानसेन (पाल्पा) – पछिल्ला दिनमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै पाल्पाका किसानहरू व्यावसायिक बन्न थालेका छन्। स्मार्टफोन र सामाजिक सञ्जालको सदुपयोग गर्दै यहाँका केही किसानहरूले जियोकृषि नामक मोबाइल एपको माध्यमबाट आत्मनिर्भरता हासिल गरेका छन्।

रिब्दीकोट गाउँपालिका–२ का टिकाबहादुर राना यसैका एक उदाहरण हुन्। उनले आफ्नो मोबाइलबाटै तरकारीको बजार भाउ, बिक्री विवरण, कुन समयमा कुन तरकारी लगाउने, मल, खाद र सिँचाइ कसरी गर्ने, तथा मौसमको जानकारी प्राप्त गर्छन्। “हामीले तरकारी बिक्री गर्दा एउटा दररेट हुन्छ, पैसा लिने समयमा दररेट फरक भइदिन्थ्यो, कहिलेकाहीँ हामीले पनि विवरण बिर्सने भएकाले समस्या हुन्थ्यो तर अहिले त्यस्तो हुँदैन,” राना भन्छन्। उनले चार वटा टनेलमा टमाटर फलाएर सहकारीमार्फत बिक्री गर्दै आएका छन्।

रिब्दीकोट–२ कै तेजबहादुर राना मिलनसार सहकारीलाई ५० केजी टमाटर बिक्री गरेपछि केही क्षणमै मोबाइलमा खरिद विवरण र भुक्तानी सन्देश आएपछि दङ्ग छन्। उनी भन्छन्, “पहिला गाउँघरमै ग्राहकको भाउमा तरकारी बेच्थेँ। जियोकृषि एप्स चलाउन थालेपछि मेरो जीवन शैली परिवर्तन भयो।”

सेवा नेपाल र जियोकृषिको साझेदारी: टिकाबहादुर र तेजबहादुर जस्ता धेरै किसानहरूले सामाजिक उद्यमी महिला सहकारीको छाता संगठन सेवा नेपाल र जियोकृषिको साझेदारीमा सञ्चालित जियोकृषि मोबाइल एप्लिकेशनमार्फत सेवा लिइरहेका छन्।

यो प्रविधिले सङ्कलन गर्ने प्रतिनिधि, भुक्तानी दिने सहकारी र बिक्री गर्ने कृषक सबैलाई एकै साथ विवरण प्राप्त हुने र लामो समयसम्म अभिलेख सुरक्षित हुने भएकाले किसानहरूलाई निकै सहज भएको छ।

हेफर इन्टरनेशनल नेपालका डिजिटल सहजकर्ता विष्णु घिमिरेले ग्रामीण किसानको पहुँचमा डिजिटल प्रविधि पुर्‍याएर उनीहरूलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बताए।

हेफर इन्टरनेशनलको सहयोगमा ग्रामीण आर्थिक विकास संघ (रेडामार्फत) एलएएलभिसी परियोजना सञ्चालन भएको छ, जसले तानसेन, रिब्दीकोट, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा तरकारी उत्पादन र बजारीकरणमा काम गर्दै आएको छ।

मिलनसार सहकारीले परियोजना क्षेत्र तथा अन्य क्षेत्रबाट समेत दैनिक १० देखि १५ मेट्रिकटन तरकारी खरिद गरी बिक्री गर्दै आएको छ। सहकारीका अध्यक्ष कमला भण्डारीले कागजमा कारोबार राख्दा अभिलेख नरहने र दररेट फरक पर्ने समस्या एप्समार्फत डिजिटल अभिलेख राख्दा समाधान भएको र यसले सबैलाई फाइदा पुगेको बताइन्। उनका अनुसार, यसले पारदर्शिता हुनुका साथै बजार व्यवस्थापन र योजना निर्माणका लागि समेत सहयोग पुगेको छ।

हेफरका इनोभेसन प्रमुख ताराप्रसाद पन्थीका अनुसार, ७० भन्दा बढी सहकारीका सदस्यहरूलाई डिजिटल सेवामा पहुँच पुर्‍याउन जियोकृषि सेवामार्फत सहयोग गर्दै आएको छ। यसरी प्रविधिको प्रयोगले पाल्पाको कृषि क्षेत्रमा नयाँ आयाम थपिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?