
काठमाडौँ- त्रिवि शिक्षण अस्पतालकाे ४३ औँ वार्षिक उत्सव प्रधानमन्त्री समयमा नपुग्दा खल्लो बन्यो सोमबार। साढे बाह्र बजे दिउँसोका लागि तोकिएको कार्यक्रम ३ बजेसम्म पनि सुरु नभएपछि पाहुनाहरू धमाधम बाहिरिएका छन्।
प्रधाानमन्त्री केपी शर्मा ओली मुख्य अतिथि रहेको कार्यक्रम उनी समयमा नपुग्दा खल्लो बनेको हो।
कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी संघसंस्थाका प्रतिनिधि एवं अन्य सहभागी दुई घण्टादेखि पर्खाइमा थाकेका थिए।
प्रधानमन्त्री नआउँदा कार्यक्रममा आसन ग्रहण गरेका शिक्षामन्त्री रघुजी पन्तलगायत अतिथि बाहिर निस्किएका छन्।
आयाेजकले प्रधानमन्त्री आउन ढिला हुने भन्दै दोस्राे चरणकाे मनाेरञ्जन कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी विभिन्न देशका राजदूतहरू पनि प्रधानमन्त्री ओली घन्टौँसम्म नआउँदा थाकेर हाई काढिरहेका थिए। कार्यक्रमहरूमा ढिलो पुग्नु प्रधानमन्त्री ओलीका लागि अनौठो भने होइन।
तस्बिरहरू: