
जनकपुरधाम- सर्लाहीमा सडक निर्माणका लागि खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार राति सर्लाहीको हरिपुर नगरपालिका १ जानकी नगरटोल बस्ने दिनेश यादवको ६ वर्षीय छोरा सुशान्त यादव खाल्डोमा जमेको पानीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार मंगलबार बिहान १० बजेदेखि घरबाट हराइ बेपत्ता भएका सुशान्तलाई खोजतलास गर्ने क्रममा घरदेखि ५ सय मिटर दक्षिण–पूर्वस्थित सडक निर्माणको लागि जेसीबीले खनेको खाल्डोमा जमेको पानीमा राति करिब साढे ११ बजे बालकको शव परेको हो ।
बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।