मुगु अस्पतालमा नयाँ थप सेवा सुरुः बिरामीलाई हुने भयो सहज

मुगु अस्पतालमा नयाँ थप सेवा सुरुः बिरामीलाई हुने भयो सहज
+
-

मुगु – मुगु जिल्ला अस्पतालमा पहिलो पटक थाइरोइड जाँच तथा उपचार सुरु गरिएको छ। आइतबारदेखि सुरु भएको यो सेवाले अब गर्भवती महिला, वृद्ध, युवा र बालबालिकामा देखिने थाइरोइड जस्ता रोगहरूको परिक्षण र उपचार अब जिल्लाका नै संम्भव भएको जिल्ला अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा। निर्मल नगरकोटीले जानकारी दिए।

उनका अनुसार ू गर्भवती महिलामा थाइरोइडको लेभल असन्तुलित हुँदा शिशुको मस्तिष्क तथा शारीरिक विकासमा गम्भीर असर पर्ने भएकाले यो सेवा अनिवार्य रूपमा सुरु गरिएको र थाइरोइड हुँदा तौल बढ्ने, अत्यधिक थकाइ लाग्ने, छालामा समस्या देखिने, कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छन्। अब त्घ, त्द्ध र त्क्ज् त्ँत् जाँच मुगुमै हुने भएकाले नेपालगन्ज, सुर्खेत वा काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ।’

अस्पतालले यससँगै भिटामिन डि र तीन महिनाको सुगरको अवस्था पत्ता लगाउने ज्दब्ज्ञअ जाँच पनि सुरु गरेको छ। हाल ९० प्रतिशत मानिसमा भिटामिन डिको कमी देखिने भएकाले यसको परीक्षण आवश्यक भएको चिकित्सकको भनाइ छ। यद्यपि यो जाँच महँगो पर्ने भएकाले न्यून शुल्कमा कसरी उपलब्ध गराउने भन्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ।

गर्भवती महिलाको पेटभित्रको बच्चाको अवस्था बुझ्न अस्पतालमा ऋत्न् मेसिन पनि जडान गरिएको छ। यसबाट बच्चाको वृद्धि कस्तो छ, अपरेशनको आवश्यकता छ कि छैन भन्ने जानकारी सहजै पाउन सकिन्छ। चिकित्सकका अनुसार गर्भवती महिला सुत्केरी हुने अवधिसम्म दुई पटक यो परीक्षण गर्नुपर्छ, विशेषगरी ३७ हप्तामा र अन्तिम साता। दुर्गम क्षेत्रमा समयमै बच्चाको अवस्था नथाहा पाउँदा गर्भवती आमाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने भएकाले यो मेसिन अत्यावश्यक रहेको अस्पतालको भनाइ छ।

यसबाहेक अस्पतालले आकस्मिक गम्भीर बिरामीका लागि भ्यान्टिलेटर सेवा पनि सञ्चालनमा ल्याएको छ। अब मुटु, फोक्सो र अन्य गम्भीर समस्याका बिरामीलाई तत्काल सघन कक्षमा राखेर उपचार गर्न सकिनेछ। अस्पतालमा अहिले बालरोग विशेषज्ञ एक जना, एमडिजिपी एक जना, डेन्टल सर्जन एक जना र छ जना मेडिकल अफिसर कार्यरत छन्। यहाँ गर्भवतीको सिजेरियन अपरेशन, हर्निया, हाइड्रोसिल र एपेन्डिसाइटिसजस्ता शल्यक्रिया पनि नियमित भइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?