खानेपानी सेवा विस्तारमा सुधारका लागि वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच समझदारी

खानेपानी सेवा विस्तारमा सुधारका लागि वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच समझदारी
+
-

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव र गुणस्तरहीनताको समस्या झेलिरहेका बासिन्दाहरूका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने गरी बिहीबार वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच खानेपानी सेवा विस्तार सम्बन्धी एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

महानगरका बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहल र नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा यो समझदारी पत्रमा हस्ताक्षर भएको हो। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। श्रावण १ गतेदेखि नै यो समझदारी लागू भएको महानगरपालिकाले जनाएको छ।

मेयर सिंहले भने, “यो समझदारीले महानगरपालिकाभित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरेका छौँ।”

समझदारी पत्रको प्राथमिक उद्देश्यहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीका समस्याहरूको दीर्घकालीन समाधान खोज्नु, नगरवासीहरूमा थप घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु, नयाँ खानेपानी जडान प्रक्रियालाई अझ सरल, छिटो र पारदर्शी बनाउनु, र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउनु समावेश छन्। यसले विशेषगरी हाल खानेपानीको अभाव झेलिरहेका र गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य रहेका स्थानीयवासीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

समझदारी पत्रअनुसार, नेपाल खानेपानी संस्थानले खानेपानी सेवा विस्तारको मुख्य जिम्मेवारी वहन गर्नेछ। यसमा नयाँ धारा जडान गर्ने, पाइपलाइन विस्तार र मर्मत सम्भार गर्ने, उपभोक्ताहरूलाई जनचेतना फैलाउने, र गुनासो आएमा तत्काल समाधानका लागि कारबाही गर्ने कार्यहरू पर्छन्।

त्यस्तै, वीरगञ्ज महानगरपालिकाको जिम्मेवारीमा अग्रिम रूपमा केही रकम जम्मा गरी मासिक हिसाब मिलाएर संस्थानलाई धरौटी बिल भुक्तानी गर्ने, सेवा शुल्कको व्यवस्थापन गर्ने, खानेपानी वितरण सम्बन्धी कानुन र नियमबारे संस्थानलाई जानकारी गराउने, तथा उपभोक्तालाई आवश्यक सेवा प्रदान गर्दा खानेपानी महसुल भुक्तानीका लागि प्रक्रियामा सहयोग गर्ने उल्लेख छ।

वीरगञ्ज महानगरपालिकाको तर्फबाट प्रमुख अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानको तर्फबाट महाप्रबन्धक अर्जुन बाबु ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यो सम्झौता श्रावण १, २०८२ देखि २०८४ पौष मसान्तसम्म लागू हुनेछ र आवश्यकताअनुसार पुनः नवीकरण गर्न सकिनेछ।

मेयर सिंहले संस्थानले वीरगञ्ज शाखामा आवश्यक जनशक्ति वृद्धि गरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए। खानेपानी मन्त्री प्रदीप यादवले यो समझदारी पत्रको सफल कार्यान्वयनका लागि एक सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए। उनले खानेपानीको चरम अभाव बढ्दै गएको अवस्थामा यो समझदारीले दीर्घकालीन समाधानको प्रयास गर्ने विश्वास व्यक्त गरे।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यस समझदारीलाई वीरगञ्जका बासिन्दाहरूको खानेपानीको अधिकार सुनिश्चित गर्ने दिशामा एउटा ठूलो कदम भएको बताए। वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले पनि यसले महानगरपालिकाको दिगो विकासमा योगदान पुग्ने अपेक्षा गरिएको दाबी गरे।

यस अवसरमा खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ र नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखाका प्रमुख प्रविण साह लगायत विभिन्न उच्च पदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?