‘बाँकी रहेका मुक्त कमैयाको पुनःस्थापना गर्न सरकार गम्भीर बन्नुपर्छ’

‘बाँकी रहेका मुक्त कमैयाको पुनःस्थापना गर्न सरकार गम्भीर बन्नुपर्छ’
+
-

दाङ – लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकी रहेका मुक्त कमैयाको पुनःस्थापना गर्न संघीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशस्तरीय २५औँ मुक्त कमैया दिवसको मूल समारोहमा सहभागी हुन लमही आएका पूर्वमुख्यमन्त्री चौधरीले पुनःस्थापना हुन बाँकी मुक्त कमैयाहरूको समस्या जटिल रहेको उल्लेख गर्दै सरकार गम्भीर रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याए।

‘समस्या जटिल छ। सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्छ। कमैयाहरूको आन्दोलनकै कारण मुक्त गरिएको हो। कमैयाको पुनःस्थापनाका लागि पनि हामीले ठूलो आन्दोलन गरेका थियौँ। र त्यो आन्दोलनबाट केही कमैयाले जग्गा पाए। तर, अझै पनि समस्या हल भएको छैन,’ उनले भने।

‘कतै लालपुर्जा पाए पनि जग्गा राम्रो छैन। सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ। हामी अहिले सत्तामै छौँ। हाम्रै जस्ता मान्छेहरू फेरि सरकारकै विरोधमा उत्रने दिन नआओस्,’ उनले थपे।

मुक्त कमैया दिवस मनाउन लमहीमा भेला भएकाहरूले सरकारले बाँकी रहेको पुनःस्थापनाको काम पूरा गर्नुपर्ने, छुट कमैयाको लगत लिएर परिचयपत्रको व्यवस्था गर्नुपर्ने, जीविकोपार्जन तथा आयआर्जनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, स्वास्थ्य, शिक्षा तथा रोजगारको सुनिश्चितता गर्नुपर्नेलगायत माग राखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?