
काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले म्यासेन्जर एप ‘टेलिग्राम’ नेपालमा बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता रहेको बुझिएकाले उक्त एपको पहुँचमा तत्काल रोक्न लगाउन निर्देशन दिएको छ।
प्राधिकरणले यसका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
टेलिग्राम पछिल्लो समयमा लोकप्रिय म्यासेन्जर एप हो।