
काठमाडौँ– नेपालमा पहिलो पटक हरर काल्पनिक र लोककथा चलचित्र महोत्सव हुने भएको छ।
अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दिए।
उनका अनुसार, नेपालमा यी बिधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता बिधाका चलचित्रहरुलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए।
महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ।
यसका साथै चलचित्रहरुको लागि आवेदन पनि खुल्ला गरिएको पाठले जानकारी दिए।