कुलिङ पिरियड हटाउन राष्ट्रियसभामा एमालेको संशोधन

कुलिङ पिरियड हटाउन राष्ट्रियसभामा एमालेको संशोधन
+
-

काठमाडौँ – सत्तारुढ एमालेले संघीय निजामित विधेयकमा कुलिङ पिरियड नराख्न राष्ट्रियसभामा संशोधन हालेको छ।

एमालेका तर्फबाट प्रमुख सचेतक गोपाल भट्टराई, इन्दिरादेवि गौतम, रुक्मिणी कोइराला र सुमित्रा विसीले संयुक्त रुपमा कुलिङ पिरियड नराख्न संशोधन गराएका हुन्। भट्टराई आफूहरुले निजामति विधेयकमा कुलिङ पिरियड राख्न आवश्यक नभइका भन्दै संशोधन दर्ता गराएको जानकारी दिए। उनले भने, ‘हो हामीले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हालेका छौँ।’

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभा पुगेको विधेयकमा कुलिङ पिरियडमा जाझेल भएको भन्दै संशोधनका लागि राज्य व्यवस्था तथा सुशासन समितिले औपचारिक रुपमा आग्रह गरेको र त्यस विषयमा छानबिन भइरहेका बेला सत्तारुढ एमालेले उक्त प्रावधान नराख्न प्रस्ताव गरेको हो।

राज्य व्यवस्था समितिले राजीनामा वा अवकास पाएका कर्मचारीले अर्को सरकारी नियुक्ति लिनका लागि कम्तिमा दुई वर्ष कुर्नुपर्ने प्रावधान राख्न निर्णय गरे पनि प्रतिवेदन लेखनका क्रममा जाझेल भएको पाइएपछि प्रतिनिसभाले सात सदस्यीय छानिबन समिति बनाएर काम गरिरहेको छ।

समितिले दातृ निकायमा काम गर्न जान पनि दुई वर्षे कुलिङ पिरियड लाग्ने निर्णय गरेको थियो।

तर असार १ गते समिति सभापति रामहरि खतिवडाले पेश गरेको प्रतिवेदनमा उक्त प्रावधानलाई निष्प्रभावी बनाउने गरी प्रावधान राखेको पाइएपछि संसदले गम्भीरता पूर्वक लिएको छ। समितिले राज्य व्यवस्था समितिबाट भएको बद्मासीबारे छानबिन भइरहेका बेला सत्तारुढ दल नै राष्ट्रियसभामा पुगेर कुलिङ पिरियडको विपक्षमा उभिएको हो।

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयकमा माओवादी, एकीकृत समाजवादी र कांग्रेसका सांसदहरुले पनि संशोधन दर्ता गराएका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’