कमेडी च्याम्पियनका बिशाल भण्डारीले गुहारे प्रधानमन्त्री, भन्छन्, ‘एनआरएनका मित्रले दु:ख दिए’

कमेडी च्याम्पियनका बिशाल भण्डारीले गुहारे प्रधानमन्त्री, भन्छन्, ‘एनआरएनका मित्रले दु:ख दिए’
+
-

लोकप्रिय टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन्सका निर्माता तथा निर्देशक विशाल भण्डारी तथा उनको प्रोडक्सन हाउस ‘ट्री प्रोडक्सन’लाई आर्थिक तथा मानसिक दुःख दिने व्यक्ति
एनआरएनका सदस्य रहेकाे बताएका छन् ।

आइतबार फेसबुकमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दैं एक लामो पोस्ट लेखेका भण्डारीले सम्झौताविपरित आफूलाई पैसा माग्दै यातना दिएको उल्लेख गरेका छन्।

‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ शो गर्दैं आएका भण्डारीले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेका हुन्।

भण्डारीका अनुसार १८/१९ महिना जति अघि आफुलाई गैरआवासीय नेपाली दावी गर्ने एक व्यक्तिले ३.५ करोड रुपैयाँ लगानी गरेर ३० प्रतिशत शेयर किन्ने शर्तमा निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिमा प्रवेश गरेका थिए।

‘कमेडी च्याम्पियन’ सिजन ३ चलाउन आवश्यक डेढ करोड तत्काल दिने र मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्‍याउन भद्र सहमति आफूहरूबीच भएको जनाउँदै विशालले आफूसँग २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘कमेडियन च्याम्पियन सिजन ३ सकिना साथ मसँग पैसा कहिले आउछ म निस्किन्छु भन्ने बहाना बनाएर सम्झौता विपरित मलाई पैसाको लागी यातना दिन सुरु गर्न थालियो।’

ती व्यक्तिले आफ्नो माथिल्लो तहमा पहुँच रहेको भन्दै दुःख दिने गरेको समेत उल्लेख गरेका छन्। ‘राज्य प्रशासनमा भएको ढोंगी पहुचको दुरुपयोग गर्दै आफै संचालक रहेको कंपनीको चेक लगेर बैकिंङ कसुरमा मेरा बिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दु:ख दिए। र, दवावमा राखेर २ करोड ४० लाख असुले,’ भण्डारीले लेखेका छन्।

‘मिलापत्र पनि नगर्ने, कम्पनी नछोड्ने र कानुनको कमजोरीको फाइदा उठाउँदै मुद्दाको पेसी पटक–पटक सार्न लगाई दुःख दिएर हैरान बनाउने, काम गर्न नदिने, कार्यक्रम रोक्न मुद्दा हालेको छ। कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने, धम्काउने लगायतको काम गर्ने गरेर कम्पनीको कार्यसम्पादनमा निरन्तर रुकावट व्यवधान गर्ने, उसको यस निकृष्ट एवं घृणित व्यवहारकोविरुद्ध भण्डाफोरको उदघोष नगरी थप सहेर बस्न नसकेको कारणले यो स्टाटसमार्फत न्यायप्रेमी जनतामाझ उसको देखावटी सुकिलो अनुहारभित्र लुकेको सैतानी चेहरा उजागर गर्न बाध्य भएको छु,’ भण्डारीले लेखेका छन्।

‘अब त अतिनै भयो —सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो ।हामी यहि देशमै बसेर दर्शक हसाईराख्न चाहन्छौ,’ विशाल लेख्छन् ।

विशाल सरकारलाई कानुन र न्यायालयले प्राथमिकताका साथ हेर्न अनुराेध गर्दै प्रश्न गर्छन्, ‘म एक जना त दुई भाइ र बुवा आमा भएको देश न्युजिल्यान्ड जाउँला उतै बसौला तर कम्पनीका बाँकी १०९ जना कता जाने? के यो देशमा इमान्दारीसाथ कला सृजना श्रम र पौरख बेचेर गरीखान नपाइने हो? स्वरोजगारको सम्भावना देख्ने कर्मबीरहरु लखेटिनु नै पर्ने हो? छलढाँट, बेइमानीबाट अरुको पसिनाको कमाइ चुसेर समाजसेवी वा प्रवासी नेपालीको आवरणमा दुनियालाई भ्रमित पार्दै भलाद्मी रुप धारण गर्ने सुकिला हरुको लागि मात्रै राज्य संयत्र हो र? के देश संबन्ध बनाएर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रेको हो?’

उनले आफूलाई यातना दिने ती व्यक्तिकाे बालबच्चामा असर नपराेस् भनेर तस्बीर नहालेकाे स्टाटसमा उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?