
अमेरिका- म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा गजल उत्सव- ६ सम्पन्न भएको छ । यसअघि टेक्सास, ओहायो, कोलोराडोलगायतका राज्यहरूमा कार्यक्रम भएको थियो ।
बिडिएको पाँचौँ अधिवेशनको अवसर पारेर बिडिएसँगको सहकार्यमा गजल यात्रा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास),बोस्टन च्याप्टरको आयोजनामा कार्यक्रम भएको हो ।
दुई दिने कार्यक्रमको पहिलो दिन विशेष गजल गायन तथा सहभागी परिचयात्मक कार्यक्रम भएको थियो । विशेष गजल वाचन कार्यक्रम दिउँसो १ बजेदेखि ५ बजेसम्म भएको थियो ।
यसाका साथै, सोही सभाहलमा ब्लड डोनर्स अफ अमेरिकाको पाँचौँ अधिवेशन पनि सम्पन्न भयो । जसमा महेश्वर पन्त निरविरोध अध्यक्ष चयन भएका छन् ।
कार्यक्रम नेपाली कम्युनिटी सेन्टर, बोस्टनमा भएको हो ।
कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदूत लोक दर्सन रेग्मीको प्रमुख अथितीको रुपमा उपस्थिती थियो ।
यसअघि टेक्सास, ओहायो, कोलोराडो लगायतका राज्यहरूबाट भएको थियो ।
गजल उत्सव-७ क्यालिफोर्नियामा अर्को वर्ष हुने तय भएको छ।