
ओम कपन डेन्टल प्रालि र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेड केन्द्रीय कार्यालय बीच एक सम्झौता भएको छ।
उक्त सम्झौतापछि आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी र ग्राहकहरूले ओम कपन डेन्टलमा विभिन्न दन्त उपचार सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौताअनुसार डेन्टल चेकअप निःशुल्क हुनेछ, स्केलिङ सेवामा ५० प्रतिशत छुट र अन्य सम्पूर्ण दन्त उपचार सेवाहरूमा २५ प्रतिशत छुट प्रदान गरिनेछ।
सम्झौतापत्रमा आईएमई लाइफ इन्स्योरेन्सका डेपुटी सीईओ खिलेन्द्र पौडेल र ओम कपन डेन्टल प्रा. लि. काअध्यक्ष अनिलकुमार शर्माले हस्ताक्षर गरे।
कार्यक्रममा बोल्दै डेपुटी सीईओ पौडेलले ग्राहक तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई प्रोत्साहन गर्न कम्पनी सधैं प्रतिवद्ध रहेको र यस सहकार्यले उनीहरूलाई गुणस्तरीय र सहज दन्त उपचारमा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष शर्माले सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि कम्पनीले प्राथमिकता दिँदै आएको र यस सम्झौताले गुणस्तरीय दन्त उपचारलाई सहज र सुलभ रूपमा उपलब्ध गराउन मद्दत गर्ने धारणा व्यक्त गरे।
यस सहकार्यले वित्तीय सुरक्षा र स्वास्थ्य सुरक्षाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र कर्मचारी तथा ग्राहकहरूलाई समयमै दन्त स्वास्थ्य जाँच तथा उपचारमा प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।